Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त हुने
Photo / Coverage: विश्वखबर

काठमाडौं– सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ५३ रन बनाए भने विनोद भण्डारीले २३ रन, दिपेन्द्र सिंह ऐरीले १५ र इशान पाण्डे र आरिफ सेखले १०– १० रन बनाएका थिए । त्यस्तै चितवनका बलर रंजित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसमा मिर, सलाहुद्दीन खानले एक एक विकेट लिएका थिए । त्यस्तै, टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले अविजित ७१ रन बनाएका थिए भने सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर स्कट कुगेलाईनले ३ विकेट लिए भने थारिन्दु रत्नायेकेले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले एक एक विकेट लिएका थिए । अब फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सको सामना गर्ने छ भने चितवन राइनोज बाहिरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिले एमाले र वाम आन्दोलनमा कस्तो प्रभाव पार्ला ?
Latest NewsJust now

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिले एमाले र वाम आन्दोलनमा कस्तो प्रभाव पार्ला ?

दलहरूबीच बेलाबेला प्रकट हुने मतभेदलाई भुलेर सरकारका गलत गतिविधिविरुद्ध सहकार्य गर्नुपर्नेमा भण्डारीको जोड छ । ...

कान्तिपुर
भारतमा 'अक्वान' आँधीको आतंक, ओडिसामा धमाधम सुरक्षित स्थानमा सारिँदै मानिस
Latest NewsJust now

भारतमा 'अक्वान' आँधीको आतंक, ओडिसामा धमाधम सुरक्षित स्थानमा सारिँदै मानिस

बंगालको खाडीमा बनेको चक्रवात 'अक्वान' लगातार उत्तरपश्चिमतिर अघि बढिरहेको छ। भारतको मौसम विभागले 'अक्वान' चक्रवात तीव्र आँधीमा परिणत भएको बताएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवाती आँधी 'अक्वान' पछिल्लो ६ घण्टामा १३ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतिर अघि बढिरहेको छ। शुक्रबार दिउँसोसम्ममा यसले गोपालपुरनजिक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play