चितवन । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी टोलीले जिल्लाका फरकफरक दुई स्थानमा छापा मारी जुवातास खेलिरहेका १३ जनालाई नगद र ताससहित नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले खैरहनी ८, पानीट्याङ्गीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ७७ हजार ९ सय ९५ रुपैयाँ नगद र १० थान तास बुक बरामद गरेको थियो। पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिकामा पक्राउ पर्ने ८ जनामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, गएराति १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १६ नविन चोकमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले थप ५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ३३ हजार ९ सय ९० रूपैयाँ नगद र २ बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी चन्द्रभुषण यादवले जानकारी दिए । चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना पक्राउ चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी छन् । वीरगन्ज महानगरपालिका–२५ सिर्सिया चेकपोस्टमा खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब १० बजे भारतको नम्बर प्लेट भएको बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेका सिक्री, चम्चा, प्लेट, गणेश–लक्ष्मीका मूर्ति, माछा, हरिण, कछुवा र गोरुको आकृतिका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बरामद सामानको कुल तौल ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम रहेको छ । बरामद सामानमा ४ थान चम्चा, एक थान सिक्री, एक थान प्लेट, गणेश–लक्ष्मीका दुई थान मूर्ति, पाँच थान माछा, तीन थान हरिण, चार थान कछुवा र एक थान गोरुको आकृति रहेका छन् । प्रहरीले बरामद सामानसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, बीरगजमा चाँदीसहित २ पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






