Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङ्कङ र दुबई निर्यात
Photo / Coverage: नेपालन्युज

चितवन। चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो। स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको छ । यसैगरी, ५०० वटा विशिष्ट व्यक्तिका लागि तयार गरिएका ९भिआइपी० माला र ५०० किलो सयपत्री फूलका थुङ्गा पनि हङ्कङ पठाइएको बाँस्तोलाले जानकारी दिए । उनका अनुसार एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत पठाइएको छ । ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट माला खरिद गरेर लगेका हुन् । सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको व्यावसायिक फूलखेती अहिले १० बिघामा विस्तार भएको छ । त्यसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ । बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा रु ८० र विदेशमा रु १०० मा बिक्री हुने गरेको छ । परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द चितवन मेडिकल कलेजमा अध्यापन र्गछन्। कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेतीबाट अहिले वार्षिक रु ७० देखि ८० लाखसम्मको कारोबार हुने गरेको उनले बताए । सुरुमा तीन जनाको समूहले फूलखेती थालेको भए पनि अहिले परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छन् । “सुरुमा सहकार्य गर्नुभएका साथीहरू परिस्थिति सहज भएपछि आआफ्नो कार्यक्षेत्रमा फर्किनुभयो । अहिले हामी परिवारका चार दाजुभाइ मिलेर व्यवसाय सञ्चालन गरिरहेका छौँ,” उनले भने । विसं २०८० बाहेक अन्य वर्षमा फूलखेतीबाट राम्रो आम्दानी भएको बाँस्तोलाले बताए । यस वर्ष तिहारलाई लक्षित गरी पाँच बिघा जमिनमा लगाइएको फूलबाट ३० देखि ४० हजार माला र ५०० किलो फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । अन्य समयमा मासिक छ हजारभन्दा बढी माला उत्पादन हुने गरेको उनले जानकारी दिए । यस वर्षको तिहारमा २० देखि २५ जनालाई रोजगारी दिएर करिब रु २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ । चितवनमा उत्पादित फूलको मुख्य बजार काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, धनगढी, नेपालगञ्ज र बागलुङलगायत सहर हुन् । उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने र बाँकी अन्य जिल्लामा बिक्रीका लागि पठाइने बाँस्तोलाले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
Latest NewsJust now

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल... ...

रातोपाटी
१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप
Latest NewsJust now

१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप

काठमाडौँ । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ – १. सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस... ...

रातोपाटी
शारदा नगरपालिकाले न्यूनतम विद्युत् शुल्क तिरिदिने
Latest NewsJust now

शारदा नगरपालिकाले न्यूनतम विद्युत् शुल्क तिरिदिने

प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक २१ गते । सल्यानको शारदा नगरपालिकाले नगरवासीले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा लाग्ने न्यूनतम विद्युत् शुल्क व्यहोर्ने भएको छ । नगरपालिकाको... ...

गोरखापत्र
दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुद : लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट

सिराज खान नेपालगन्ज, कात्तिक २१ गते । कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदका लागि लुुम्बिनी प्रदेशबाट पौडीका २० खेलाडी छनौट भएका छन् ।नेपालगन्ज रंगशाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play