चितवन । बलिउड संगीतप्रेमीलाई लक्षित गर्दै चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिशन आयोजना हुनेभएको छ । ट्वाइलाइट इन्टरटेन्मेन्टको आयोजनामा यही मंसिर १२ गते भरतपुरस्थित क्याम्पाचौरमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा भारतीय गायक नवजोत आहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । आहुजाका ‘खत’, ‘धुन’ र ‘ये वादियाँ’ तथा रोमीका ‘राँझा’, ‘साहिबा’ र ‘छल्ला (मैं लड जाणा)’लगायत चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिनेछन् । बलिउडका लोकप्रिय गीत, प्रत्यक्ष सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक माहोलसहित आयोजना हुनलागेको कार्यक्रमले चितवनका संगीतप्रेमीलाई विशेष मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
चितवनमा ‘इकोज अफ बलिउड’ आयोजना हुने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






