काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजविरुद्ध टस जितेर सुदूरपश्चिम रोयल्यले फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ। दुई खेलबाट तीन अंक जोडेको चितवन आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। यता तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको सुदूरपश्चिम चितवनलाई हराउँदै प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछ।
चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

Read Complete Original Article
Published originally on नेपालन्युज






