Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

चार महिनामा साढे ८ लाखभन्दा बढी स्मार्टफोन आयात, २० अर्ब खर्च

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामा साढे ८ लाखभन्दा बढी स्मार्टफोन आयात, २० अर्ब खर्च
Photo / Coverage: विश्वखबर

काठमाडौं – नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा आठ लाख ७१ हजार १३३ थान स्मार्टफोन आयात भएको छ । भन्सार विभागको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार स्मार्टफोन आयातमा २० अर्ब ६८ करोड ३३ लाख ९४ हजार रुपैयाँ बाहिरिएको छ । स्मार्टफोन आयातबाट सरकारले तीन अर्ब ८५ करोड ८२ लाख रुपैयाँ भन्सार तथा अन्य राजस्व संकलन गरेको छ । चार महिनाको अवधिमा भएको कुल स्मार्टफोन आयातमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ । तथ्याङ्कअनुसार चीनबाट मात्रै सात लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएको छ । चीनबाट आयात गरिएका स्मार्टफोनको मूल्य १६ अर्ब २४ करोड २५ लाख रुपैयाँभन्दा बढी छ । यसले नेपालको स्मार्टफोन बजारमा चिनियाँ उत्पादनको बलियो उपस्थिति रहेको देखाउँछ । त्यस्तै, भारतबाट एक लाख छ हजार ३९४ थान स्मार्टफोन आयात भएको छ । भारतबाट आयातित स्मार्टफोनको मूल्य तीन अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । चीन र भारतबाट मात्रै आठ लाख ६५ हजार ७३० थान स्मार्टफोन आयात भएको छ । यो कुल स्मार्टफोन आयातको करिब ९९ प्रतिशत हो । बाँकी स्मार्टफोन अमेरिका, जापान, अस्ट्रेलिया, मलेसियालगायतका देशबाट आयात भएको छ । स्मार्टफोनको बढ्दो प्रयोगसँगै नेपालमा यसको आयातमा ठूलो रकम बाहिरिने गरेको छ । मोबाइल तथा डिजिटल प्रविधिमा उपभोक्ताको निर्भरता बढ्दै जाँदा स्मार्टफोन नेपालको वैदेशिक व्यापारको महत्वपूर्ण आयातित वस्तुका रूपमा देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच फ्रेन्च वाइन कम्पनीको स्वामित्वमा समझदारी
Latest NewsJust now

हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच फ्रेन्च वाइन कम्पनीको स्वामित्वमा समझदारी

काठमाडौं । हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबीच लामो समयदेखि चल्दै आएको फ्रान्समा रहेको वाइन कम्पनीको स्वामित्वको कानुनी विवाद अन्ततः अदालतबाहिरै साम्य भएको छ । सम्बन्धविच्छेदको कटुताका बीच अघि बढेको यो मुद्दा दुवै पक्षको आपसी सहमतिमा टुंगिएको हो । ‘हामीले हाम्रो परिवारको सर्वोत्तम हितलाई ध्यानमा राख्दै अदालतबाहिरै विवाद समाधान गरेका छौं र यस विषयमा थप टिप्पणी गर्ने छैनौं,’ दुवै ...

केन्द्रबिन्दु
‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
Latest NewsJust now

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

• चर्चित नेपाली साङ्गीतिक समूह 'नेपथ्य'ले म्याग्दीको बेनी बजारमा प्रत्यक्ष प्रस्तुति दिएको छ, जहाँ गायक अमृत गुरुङले हजारौँ दर्शकलाई आकर्षित गरेका छन्। • अमृतले आफ्नो प्रस्तुति क्रममा नेपालको प्राकृतिक सौन्दर्य, सामाजिक एकता र मानव कल्याणको महत्त्वमा जोड दिएका छन्। • कार्यक्रमको दौरान दर्शकले अमृतका लोकप्रिय गीतहरूमा साथ दिएका थिए र उनले राजनीतिकर्मीलाई जिम्मेवार बन्न र न्यायको राज्य सञ्चालन गर्न आग्रह ...

नेपालबहस
नेपाल–फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड
Latest NewsJust now

नेपाल–फिनल्यान्ड चेम्बरको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

काठमाडौँ । नेपाल-फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन्। बुधबार काठमाडौँमा सम्पन्न चेम्बरको चौथो वार्षिक साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा राजेशकाजी... ...

रातोपाटी
एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरंग
Latest NewsJust now

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरंग

हङकङ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ । ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को सेयर ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement