Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

चार दशक बैंकिङ क्षेत्रमा बिताएका उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार दशक बैंकिङ क्षेत्रमा बिताएका उपेन्द्र पौड्याललाई लाइफटाइम एचिभमेन्ट अवार्ड
Photo / Coverage: पर्दाफास

नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगोपनमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।

सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रको विकासमा योगदान पुर्‍याएको सङ्घले जनाएको छ।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै व्यावसायिक यात्रा सुरु गरेका पौड्यालले परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सम्मान ग्रहणपछि पौड्यालले चार दशक लामो बैंकिङ यात्राको उपलब्धि आफ्नो व्यक्तिगत प्रयासको परिणाम मात्र नभई सहकर्मी, नियामक निकाय, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदान भएको बताए।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। उनले सेयर बजार, विदेशी विनिमय, नीतिगत सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने जानकारी दिए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकहरूलाई कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न, वित्तीय उत्पादन विविधीकरण गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारसँगै गुणस्तर र सुशासनमा पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। यसअघि सङ्घको उपाध्यक्ष रहेका रेग्मीले निवर्तमान अध्यक्ष सन्तोष कोइरालाको स्थान लिएका हुन्।

त्यस्तै, साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर सरोकारवाला पक्षसँग सहकार्य गर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कारबाही गर्न चुनौती दिँदै जितजंग बस्नेतले भने- लास र दासको पार्टी होइनौं
OthersJust now

कारबाही गर्न चुनौती दिँदै जितजंग बस्नेतले भने- लास र दासको पार्टी होइनौं

१२ मंसिर, सर्लाही । नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले आफूहरूलाई कारबाहीको धम्की दिइएको भन्दै कारबाहीसँग नडराउने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका नेता बस्नेतले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । शनिबार सर्लाहीमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म यस मञ्चबाट भन्न चाहन्छु, हिम्मत र ताकत… ...

अनलाइन खबर
प्रचण्डको आरोप- सरकार मुलुकका उपलब्धि र जनअधिकारमाथि प्रहार गरिरहेको छ
OthersJust now

प्रचण्डको आरोप- सरकार मुलुकका उपलब्धि र जनअधिकारमाथि प्रहार गरिरहेको छ

मजदुर, सुकुमवासी, कर्मचारी, विद्यार्थी, शिक्षकसँगै सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल, त्रास र दबाबको वातावरण देखिएको उनले बताए । ...

अनलाइन खबर
जङ्गलमा लुकाएर राखिएको साढे १९ टन फर्सीको बियाँ बरामद
OthersJust now

जङ्गलमा लुकाएर राखिएको साढे १९ टन फर्सीको बियाँ बरामद

झापा र इलामको सीमा क्षेत्रमा पर्ने जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ। मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गल क्षेत्रबाट मङ्सिर १३ गते प्रहरीले १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा खटिएको टोलीले जङ्गलमा बेवारिसे अवस्थामा लुकाएर राखिएका ४८५ ...

पर्दाफास
अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट : १० बालबालिकाको मृत्यु, १०० भन्दा बढी घाइते
OthersJust now

अफगानिस्तानमा विद्यालयनजिकै विस्फोट : १० बालबालिकाको मृत्यु, १०० भन्दा बढी घाइते

कुनार प्रहरीका अनुसार शनिबार बिहान करिब १० बजे असदाबाद सहरको बाहिरी इलाका अन्डार सेरमा उक्त घटना भएको हो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement