Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाबहिलसहितका क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द
Photo / Coverage: पर्दाफास

चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ । विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका छन् । प्राधिकरणले निर्धारित समयअघि नै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति नियमित गरिने जनाएको छ । मर्मतसम्भारका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध
OthersJust now

पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध

बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा प्रभावित भएका छन् । वि.पि. राजमार्ग रोशी गाउँपालिका वडा नं. ९ पिनथली र वडा नं. ८ गिम्दीबेशीमा गएको पहिरोका कारण सडक प्रभावित भएको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play