Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

चांगान नेभो क्यू ०५ बुटवल र इटहरीमा सार्वजनिक हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
चांगान नेभो क्यू ०५ बुटवल र इटहरीमा सार्वजनिक हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चांगानको नयाँ इलेक्ट्रिक एसयूभी नेभो क्यू ०५ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ । एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.अन्तर्गतका आधिकारिक डिलर जेनोस मोटर्स र सर्वा मोटर्सले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उक्त एसयूभी सार्वजनिक गर्न लागेका हुन् । नेभो क्यू ०५ आगामी १५ मंसिरमा बुटवल– ११, कालिकानगरस्थित जेनोस मोटर्स र १७ मंसिरमा इटहरी–१०, विराटनगर लाइनस्थित सर्वा मोटर्समा सार्वजनिक हुने कम्पनीले जनाएको छ । सार्वजनिक कार्यक्रमअघि नै ग्राहकले उक्त गाडीको टेस्ट ड्राइभ गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । नेभो क्यू ०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । आराम, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिलाई प्राथमिकता दिएर तयार गरिएको यस इलेक्ट्रिक एसयूभीलाई कम्पनीले ‘अ क्साल एभोभ’ अवधारणासहित नेपाली बजारमा ल्याउन लागेको हो । यस एसयूभीमा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल एलएप फपी ब्याट्री जडान गरिएको छ । चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री प्रविधि र 3C फास्ट चार्जिङ सुविधायुक्त गाडीलाई १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । त्यस्तै, १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको नेभो क्यू ०५ ले एनइडीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ४६२ किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको कम्पनीले उल्लेख गरेको छ । आरामदायी यात्राका लागि गाडीमा २ हजार ७३५ मिलिमिटरको ह्विलबेस, ढल्काउन मिल्ने पछाडिका सिट र ५४० लिटर क्षमताको बुट स्पेस उपलब्ध छ । फराकिलो क्याबिन र सुविधासम्पन्न आन्तरिक बनावटले पारिवारिक तथा दैनिक यात्रालाई सहज बनाउने कम्पनीको विश्वास छ । डिजाइनका हिसाबले पनि नेभो क्यू ०५ विशेष रहेको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा विकसित यस एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको छ । विश्वका ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ सम्मिलित चांगानको डिजाइन नेटवर्कले यसको विकास गरेको हो । विश्वबजारमा समेत नेभो क्यू ०५ ले राम्रो उपस्थिति बनाएको कम्पनीले जनाएको छ । हालसम्म यस मोडलको विश्वव्यापी बिक्री दुई लाख युनिट नाघिसकेको छ । यसैबीच, क्षेत्रीय सार्वजनिक कार्यक्रमपछि १८ देखि २० मंसिरसम्म बुटवल र इटहरीका सम्बन्धित डीइपाल शोरुममा मेगा एक्सचेन्ज कार्निभल आयोजना हुने भएको छ । उक्त कार्यक्रममा ग्राहकले विशेष एक्सचेन्ज सुविधा तथा आकर्षक अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । १६० वर्षभन्दा लामो औद्योगिक विरासत बोकेको चांगान अटोमोबाइल विश्वका १०० भन्दा बढी देशमा उपस्थित रहेको कम्पनी हो । नेपालमा एमएडब्लू वृद्धि अटोकर्पले चांगान, दीपल र नेभो ब्रान्डका सवारीसाधनको प्रतिनिधित्व गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

सडकमै बसेर खाना खाँदै सुकुमबासी, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा‌ खाना प्रवेश नदिए पछि बोडेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीले सडकमै बसेर खाना खाएका छन् । जेनजी अभियन्ता माजिद अन्सारी सहितको समूहले ल्याएको खाना... ...

रातोपाटी
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन
Latest NewsJust now

मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन

मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी संकलन भएको छ। मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम संकलन भएको संकलन भएको हो। समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ...

नेपालन्युज
चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन
Latest NewsJust now

चार महिनामा मुक्तिनाथ मन्दिरमा ४५ लाखभन्दा बढी भेटी संकलन

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । मुक्तिनाथ विकास समितिका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत कुल ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी संकलन भएको हो । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement