Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चलचित्र ‘बाः एक योद्धा’ ५१औँ दिनमा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र ‘बाः एक योद्धा’ ५१औँ दिनमा प्रवेश
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो । बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ । हरि लम्सालको निर्देशनमा बनेको ‘बाः एक योद्धा’ले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रसकलेक्सन गरेको बक्सअफिस रिपोर्ट छ । हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र नै ५१औँ दिन मनाउन सफल भएको हो । पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाएको यो चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामा प्रस्तुत गरेको छ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ । हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ । चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको भेलापछि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। एमालेको मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदै छ। काठमाडौँको कार्की ब्यांक्वेटमा हुने भेला... ...

नेपालखबर
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

काठमाडाैँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण... ...

रातोपाटी
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Latest NewsJust now

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play