Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

चलचित्र क्षेत्रमा विदेशी लगानी खुला गर्ने बहस

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र क्षेत्रमा विदेशी लगानी खुला गर्ने बहस
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सरकारले नेपाली चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउने सम्भावनाबारे पुनर्विचार गर्ने भएको छ । चलचित्र क्षेत्रमा विदेशी लगानी निषेध गर्ने २०२६ सालदेखिको अवधारणा वर्तमान अवस्थामा पनि सान्दर्भिक छ वा छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने सरकारको निष्कर्ष छ । बदलिँदो चलचित्र उद्योग, प्रविधिको विकास र बढ्दो लगानी आवश्यकतालाई ध्यानमा राख्दै सरकारले विदेशी पुँजीका लागि सम्भावनाको ढोका खोल्ने विषयमा छलफल अघि बढाएको हो । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सोमबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा विदेशी लगानीसम्बन्धी व्यवस्थाको औचित्य पुनर्विचार गर्नुपर्ने बताउनुभएको हो । उहाँका अनुसार हाल विदेशी लगानीका लागि बन्देज लगाइएका क्षेत्रको सूचीमा चलचित्र क्षेत्र पनि समावेश छ । ‘त्यो २०२६ सालको कन्सेप्ट आज उत्तिकै प्रभावकारी अथवा सान्दर्भिक छ कि छैन ? त्यसका संवेदनशीलता के-के हुन् र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्छ’, मन्त्रीले भन्नुभयो । उहाँले यो विषय वैदेशिक लगानीसम्बन्धी ऐनसँग समेत जोडिएकाले चलचित्र विधेयकबाट मात्रै पूर्ण समाधान नहुने स्पष्ट पार्नुभयो । विदेशी लगानी खुला गर्दा त्यसले नेपाली चलचित्रको मौलिकता, सांस्कृतिक पहिचान र स्वदेशी निर्माताको व्यावसायिक सुरक्षामा पार्नसक्ने प्रभावबारे पनि स्पष्ट नीति आवश्यक हुनेछ । मनोरञ्जनबाट आर्थिक उद्योग बनाउने लक्ष्यसरकारले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी आर्थिक गतिविधि र रोजगारी सिर्जना गर्नसक्ने उद्योगका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रविधिको प्रयोग, डिजिटल वितरण, ओटिटी प्लेटफर्म र अन्तर्राष्ट्रिय बजार विस्तारले चलचित्र उद्योगको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा पुरानो कानुनी संरचनालाई परिमार्जन गर्न खोजिएको हो । विदेशी लगानी भित्र्याउन सके ठूलो बजेटका चलचित्र निर्माण, आधुनिक प्रविधिको प्रयोग, प्राविधिक क्षमता विकास र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, स्वदेशी चलचित्रको संरक्षण र प्रवर्द्धनलाई कमजोर हुन नदिने गरी लगानीका सीमा र सर्त निर्धारण गर्नु चुनौतीपूर्ण हुनेछ । स्वायत्त चलचित्र विकास बोर्डको प्रस्तावचलचित्र विधेयक, २०८१ मा नेपाल चलचित्र विकास बोर्डलाई स्वायत्त निकायका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ । चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन र नियमनलाई प्रभावकारी बनाउन बोर्डको संस्थागत संरचना तथा कार्यक्षेत्र व्यवस्थित गर्न खोजिएको हो । त्यस्तै, बोर्डका पदाधिकारी छनोट प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउने व्यवस्था पनि विधेयकमा समेटिएको मन्त्रीले जानकारी दिएका छन् । बोर्डलाई राजनीतिक प्रभावभन्दा संस्थागत क्षमता र व्यावसायिक दक्षताका आधारमा सञ्चालन गर्न सके चलचित्र क्षेत्रको नीति निर्माण तथा नियमन प्रभावकारी हुने अपेक्षा गरिएको छ । निर्माणदेखि प्रदर्शनसम्म इजाजत अनिवार्यप्रस्तावित विधेयकअनुसार चलचित्र निर्माण, वितरण र प्रदर्शन गर्न चलचित्र विकास बोर्डबाट इजाजत लिनुपर्नेछ । इजाजतपत्रको अवधि, नवीकरण, संशोधन, बिक्री तथा हस्तान्तरणसम्बन्धी व्यवस्था पनि कानुनमै स्पष्ट गर्न खोजिएको छ । चलचित्र घरमा हुनुपर्ने सेवा, सुविधा र भौतिक पूर्वाधारका मापदण्ड बोर्डले निर्धारण गर्ने प्रस्ताव छ । चलचित्र घर निर्माणका लागि सम्बन्धित स्थानीय तहबाट इजाजत लिनुपर्ने र तोकिएका मापदण्ड पालना भए-नभएको विषयमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले अनुगमन गर्नसक्ने व्यवस्था पनि राखिएको छ । त्यसैगरी, चलचित्रको टिकटको श्रेणी र मूल्य निर्धारण गर्दा निर्माता, दर्शक तथा चलचित्र घरबीच समन्वय गरी प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले निर्धारण गर्ने प्रस्ताव गरिएको छ । विदेशी व्यक्ति वा संस्थाले नेपालमा चलचित्र तथा वृत्तचित्र छायांकन गर्न चाहेमा सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ । चलचित्र जाँच र प्रमाणीकरणस्वदेशी तथा विदेशी चलचित्रको जाँच र प्रमाणीकरणका लागि केन्द्रीयस्तरमा चलचित्र जाँच समिति गठन गर्ने प्रस्ताव गरिएको छ । चलचित्र प्रदर्शनअघि विषयवस्तु र प्रकृतिका आधारमा वर्गीकरण तथा प्रमाणीकरण गराउनुपर्ने छ । सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पार्ने वा वर्गीय, क्षेत्रीय, धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय विभेदलाई बढावा दिने सामग्रीको प्रदर्शन रोक्न सकिने व्यवस्था पनि विधेयकमा छ । लैंगिक हिंसा तथा दुर्व्यवहारलाई प्रोत्साहन गर्ने सामग्रीमाथि समेत रोक लगाउन सकिने प्रस्ताव गरिएको छ । यद्यपि यस्तो अधिकार प्रयोग गर्दा अभिव्यक्ति तथा सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्नु आवश्यक हुनेछ । चलचित्र घरमा अनिवार्य बक्स अफिसविधेयकको अर्को महत्त्वपूर्ण प्रस्ताव सबै चलचित्र घरमा बक्स अफिस प्रणाली अनिवार्य गर्नु हो । प्रणालीबाट प्राप्त हुने टिकट बिक्री, दर्शक संख्या र आम्दानीको विवरण चलचित्र विकास बोर्डले वास्तविक समयमा प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले चलचित्रको वास्तविक कारोबार सार्वजनिक तथा पारदर्शी बनाउने अपेक्षा गरिएको छ । बक्स अफिसको तथ्यांकमा देखिँदै आएको अस्पष्टता र निर्माता, वितरक तथा प्रदर्शकबीच हुने कारोबारसम्बन्धी विवाद न्यूनीकरण गर्न पनि यसले सहयोग पुर्‍याउन सक्छ । प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए चलचित्र क्षेत्रको बजार आकार, लगानी र आम्दानीसम्बन्धी तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न सक्नेछ। तर देशभरका चलचित्र घरमा यसको प्राविधिक कार्यान्वयन र नियमित अनुगमन चुनौतीपूर्ण हुनसक्छ । स्वदेशी चलचित्रको संरक्षण मुख्य चुनौतीविधेयकले स्वदेशी चलचित्रको उत्पादन, वितरण, प्रदर्शन र बजार विस्तारलाई पनि प्राथमिकता दिएको छ । विदेशी लगानीबाट पुँजी, प्रविधि र अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध विस्तार हुने सम्भावना भए पनि स्वदेशी निर्मातालाई प्रतिस्पर्धामा कमजोर बनाउने जोखिम उत्तिकै छ । समग्रमा चलचित्र विधेयक, २०८१ ले नेपाली चलचित्र क्षेत्रलाई व्यवस्थित, पारदर्शी र व्यावसायिक उद्योगका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । विदेशी लगानीको सम्भावनाबारे पुनर्विचार, स्वायत्त चलचित्र विकास बोर्ड, इजाजत प्रणाली र अनिवार्य बक्स अफिसजस्ता प्रस्तावले चलचित्र क्षेत्रको संरचनामा परिवर्तन ल्याउन सक्ने देखिन्छ । तर, विधेयक पारित हुँदैमा सबै समस्या समाधान हुने छैनन् । कानुनको प्रभावकारी कार्यान्वयन, नियामक निकायको निष्पक्षता, लगानीमैत्री वातावरण र स्वदेशी चलचित्रको संरक्षणले नै यसको सफलता निर्धारण गर्नेछ । संसद्बाट विधेयकले पाउने अन्तिम स्वरूपले नेपाली चलचित्र उद्योगको आगामी दिशा तय गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने
Latest NewsJust now

आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने

• नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। • आज देशभर मौसम मुख्यतया सफा रहनेछ, तर राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। • तराई, उपत्यका र खोँचहरूमा बिहान थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। ...

नेपालबहस
उग्रतारामा आज भव्य मेला लाग्दै
Latest NewsJust now

उग्रतारामा आज भव्य मेला लाग्दै

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि ...

नेपालन्युज
दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : बर्दियामा टेनिस प्रतियोगिताको तयारी पूरा, आजदेखि प्रतिस्पर्धा

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बर्दियामा सञ्चालन हुने टेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ स्थित लन टेनिस कोर्टमा मंसिर ८ देखि १४ गतेसम्म टेनिस प्रतियोगिता सञ्चालन हुनेछ । २०८१ मंसिर १४ गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको उक्त कोर्टमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश, तीन ...

हिमालय टाइम्स
प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा
Latest NewsJust now

प्रधानमन्त्रीको चर्चित भ्रमण, उपलब्धि र अधुरा अपेक्षा

लामो समयदेखि उच्च राजनीतिक तहमा अपेक्षित संवाद र सहकार्यको वातावरण नबनिरहेको सन्दर्भमा छिमेकीसँग सम्बन्ध सुधार र सहकार्य विस्तारलाई प्राथमिकता दिएको देखिनु स्वागतयोग्य छ । तर सम्बन्धको न्यानोपनलाई राष्ट्रिय र आर्थिक हितसँग जोडेर हेर्नु आवश्यक छ । भ्रमणबाट दुई देशका अर्थतन्त्र कति जोडिए भन्ने विषय आधुनिक कूटनीतिको मुख्य अंश हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement