Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुने
Photo / Coverage: नेपालन्युज

नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सहज भएको हो । पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अझै परिचालन भइरहेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा प्रहरी सक्रिय रहेको बताए । घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् । यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो । सडक बन्द हुँदा दिउँसो चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित
Latest NewsJust now

विराटनगर–१९ मा निःशुल्क नाक, कान, घाँटी तथा दन्त शिविर, १०८ जना लाभान्वित

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा साना पाइला मोरङको सहयोगमा विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर नगर अस्पतालमा एक दिने निःशुल्क नाक, कान, घाँटी तथा दन्त स्वास्थ्य शिविर भएको... ...

रातोपाटी
२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम
Latest NewsJust now

२० स्वर्णको लक्ष्यमा एनआरएनए टिम

कर्णाली प्रदेशमा औपचारिक उद्घाटनअघि १० खेलका प्रतियोगिता भइरहेको छ । पौडीमा जितेको पदकले नै एनआरएनए तालिकाको दोस्रो स्थानमा छ । ...

कान्तिपुर
विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत आपूर्तिमा अनियमितताको समस्या छिट्टै हट्छ : मन्त्री श्रेष्ठ

नवराज नेपाली बागलुङ, मङ्सिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत अनियमितताको समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएको छ । उहाँले बागलुङमा समे... ...

गोरखापत्र
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष
Latest NewsJust now

तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको फैलावट बढ्न सक्ने अध्ययनको निष्कर्ष

काठमाडौँ । वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन् । नयाँ अध्ययनअनुसार यो जीनको भिन्नताले भाले लामखुट्टेलाई गर्मीमा बढी प्रजनन गर्न... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement