Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
Photo / Coverage: पर्दाफास

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने “थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।” माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ । निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । उनले भने “निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ ।” मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए । यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अङ्ग्रेजी भाषा दक्षतामा नेपाल दक्षिण एसियामा पहिलो, विश्व वरीयतामा कति ?
OthersJust now

अङ्ग्रेजी भाषा दक्षतामा नेपाल दक्षिण एसियामा पहिलो, विश्व वरीयतामा कति ?

९ मंसिर, काठमाडौँ । सन् २०२६ को विश्वव्यापी अङ्ग्रेजी भाषा दक्षता सूचकाङ्क अर्थात् ईएफ ईपीआई २०२६ मा नेपाल एसियाली मुलुकहरूमध्ये चौथो र दक्षिण एसियामा पहिलो स्थानमा परेको छ। अन्तर्राष्ट्रिय शिक्षा संस्था ईएफ एजुकेसन फर्स्टले हालै सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सी-एसिया स्ट्याट्सले प्रकाशन गरेको एसियाली सूचीअनुसार नेपालले ५१८ अङ्क प्राप्त गरेको हो। विश्वका ११७ देश तथा… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छनु । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउँदा नेपाल पुलिस क्लबले रिले इभेन्टमा कीर्तिमान बनायो । यस्तै दोस्रो दिन पनि बागमती प्रदेश र एनआरएनएका खेलाडीहरु… ...

अनलाइन खबर
यामाहा चङ्गाचेट अफर : बुटवलकी सरस्वतीले जितिन् १० लाख, पोखराका तेजबहादुरलाई ‘आर १५’ बाइक
OthersJust now

यामाहा चङ्गाचेट अफर : बुटवलकी सरस्वतीले जितिन् १० लाख, पोखराका तेजबहादुरलाई ‘आर १५’ बाइक

अफर अन्तर्गत खरिद गर्ने ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत एप्पलका विभिन्न ग्याजेट जित्ने अवसर समेत दिइएको थियो । ...

अनलाइन खबर
१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो
OthersJust now

१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए । उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement