चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो । सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए ।
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




![बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/balen-wife-sabina-83-7-22%20(8).jpg)
