Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने: निगम

Share:WhatsAppFacebookX (Twitter)Telegram
घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने: निगम
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर खरिद लागत महँगिए पनि उपभोक्ताका लागि हाल कायम बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट २०८३ कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन नगर्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिको कात्तिक ३० गतेको निर्णयअनुसार पेट्रोल र डिजेलको साविककै बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम राखेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्। मूल्य यथावत् राख्दा निगमलाई मासिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमले जनाएको छ । The post घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने: निगम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन
Latest NewsJust now

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको छ । सोमवार डडेलधुरामा सम्पन्न पुरुष भलिबलको... ...

रातोपाटी
सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने
Latest NewsJust now

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा .। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो... ...

रातोपाटी
साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी
Latest NewsJust now

साउदीस्थित अमेजनका गोदाममा नेपाली श्रमिक शोषणमा : एम्नेस्टी

कामबाट हटाइएपछि महिनौंसम्म पारिश्रमिक नपाउने र अर्को रोजगारीमा जान वा स्वदेश फर्कनसमेत कठिनाइ भोग्नुपरेको एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनमा उल्लेख छ । ...

कान्तिपुर
दुधको मूल्य बढाउन किसानको माग
Latest NewsJust now

दुधको मूल्य बढाउन किसानको माग

मोहसिन अलिभरतपुर, कात्तिक ३० गते। बढ्दो महँगी र उत्पादन लागत वृद्धिलाई मध्यनजर गर्दै कच्चा दुधको न्यूनतम खरिद मूल्य बढाउन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । हाल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play