Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

घरमा चल्दैन शाहरुख खानको मर्जी, पत्नी गौरीका यस्ता छन् कडा नियम

Share:WhatsAppFacebookX (Twitter)Telegram
घरमा चल्दैन शाहरुख खानको मर्जी, पत्नी गौरीका यस्ता छन् कडा नियम
Photo / Coverage: केन्द्रबिन्दु

मुम्वाई । बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान आफ्ना फिल्मसँगै रमाइलो स्वभाव र हँसिलो शैलीका लागि पनि परिचित छन् । हालै दुबईमा आयोजित एक कार्यक्रममा उनले पत्नी गौरी खान र घरभित्रका नियमबारे रमाइलो खुलासा गरेका छन् । उनको कुरा सुनेर कार्यक्रममा उपस्थित दर्शकहरू हाँसेका थिए । शाहरुखले आफ्नो घरमा आफू र छोराछोरी आर्यन तथा सुहानाको केही नचल्ने बताए । घरमा के गर्ने र के नगर्ने भन्ने निर्णय गौरीले नै गर्ने उनको भनाइ थियो । रमाइलो कुराकानीका क्रममा उनले आफ्नो आगामी फिल्म ‘किङ’ को दमदार संवाद सुनाएर कार्यक्रमको माहोल तताए । शाहरुख खान दुबईमा आयोजित ‘शाहरुख रेसिडेन्स बाई ड्यान्युब’ नामक परियोजनाको उद्‍घाटन कार्यक्रममा सहभागी भएका थिए । यो विलासी आवासीय परियोजनाको पेन्टहाउसको भित्री सजावट गौरी खानले गरेकी हुन् । कार्यक्रममा निर्देशक करण जोहरले शाहरुखलाई आफ्नै घरमा कुन काम गर्न अनुमति छैन भनेर सोधेका थिए । गौरीका नियमबारे के भने शाहरुखले ? करणको प्रश्नमा शाहरुखले ठट्टा गर्दै घरमा आफूले केही गर्न नपाउने बताए । उनका अनुसार घरमा वाइफाइबारे गुनासो गर्न, ओछ्यानमा बसेर खाना खान वा घरको रङ, चित्र, सिँढी, लिफ्ट, छत र बत्तीको व्यवस्थाबारे समेत आफ्नो धारणा राख्न पाइँदैन । शाहरुखले भने, ‘हामी चुपचाप बसेर घरको आनन्द लिन्छौँ र गौरीलाई तपाईंले कति राम्रो घर बनाउनुभयो भनेर भन्छौँ । अहिले यो पेन्टहाउसमा आएर पनि मैले यही भन्नुपर्ने हुन्छ– गौरी, तपाईंले कति राम्रो पेन्टहाउस बनाउनुभयो । घरबाहिर हामी स्वतन्त्र छौँ, तर घरभित्र हाम्रो केही चल्दैन ।’ शाहरुखलाई कसको धेरै डर लाग्छ ? यही कुराकानीका क्रममा करण जोहरले शाहरुखलाई व्यवसाय, बक्स अफिस वा पत्नीमध्ये कससँग बढी डर लाग्छ भनेर सोधेका थिए । जवाफमा शाहरुखले आफ्नो आगामी फिल्म ‘किंग’ को संवाद सम्झाउँदै दमदार शैलीमा भने, ‘हजारौँ मुलुकमा बदनाम र दुनियाँले दिएको एउटै नाम, अनि त्यो नाम किन थाहा छ ? किनकि म डर होइन, दहशत हुँ ।’ शाहरुख खान चाँडै फिल्म ‘किंग’ मा देखिँदैछन् । सिद्धार्थ आनन्दको निर्देशनमा निर्माण भइरहेको यो एक्सन थ्रिलर फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, सुहाना खान, रानी मुखर्जी, अभिषेक बच्चन र अभय वर्माको पनि मुख्य भूमिका रहनेछ । फिल्म आगामी डिसेम्बर ४ मा प्रदर्शन हुने तयारीमा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
Latest NewsJust now

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

जेरुसेलम, कात्तिक २९ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गर्... ...

गोरखापत्र
८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिने
Latest NewsJust now

८ अर्ब लगानीमा इँटा उद्योग रूपान्तरणको योजना, ३०० उत्पादन केन्द्र स्थापना गरिने

नेपालको परम्परागत इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा रूपान्तरण गर्ने उद्देश्यसहित ६ करोड अमेरिकी डलर (करिब ८ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्तीयकरण कार्यक्रम घोषणा गरिएको छ। गुड ब्रिक्स प्रविधिमार्फत सन् २०३० सम्म नेपालभर ३०० वटा उत्पादन केन्द्र स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सार्वजनिक गरिएको हो।  जलवायु प्रविधि कम्पनी इन्नोसीएसआर र दिवाकर गोल्छा अर्गनाइज... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play