Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ । प्रतियोगिताको होल इन वान विधामा विजेता हुने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी प्रदान गरिनेछ । त्यस्तै, अन्य विधाका विजेताहरूका लागि चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कारको व्यवस्था गरिएको बैंकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्ल्यू तथा बाराहसिंघेको सहकार्य रहेको छ । खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तित्वहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका प्रतिष्ठित पुरस्कारसमेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म
Latest NewsJust now

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको छ । महानगरपालिकाले... ...

रातोपाटी
चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने
Latest NewsJust now

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

बेइजिङ, मङ्सिर १० गते । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी... ...

गोरखापत्र
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Latest NewsJust now

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच ...

केन्द्रबिन्दु
पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि
Latest NewsJust now

पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, सिर्जनात्मक लेखन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राइटर्स क्याम्प सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement