काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुने भएको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ । होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ । साथै, अन्य विधाबाट विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज पुरस्कारको व्यवस्था रहेको छ । यो प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेको समेत साथ रहेको छ । खेलकुद संस्कृतिको प्रवद्र्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरुबीच अर्थपूर्ण सम्बन्ध स्थापित हुने उद्देश्यले बैंकले ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ आयोजना गर्न लागेको हो । आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदैै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






