Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २१ । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गर्नुभएको हो । करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ । भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्य सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताउनुभयो । नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौँ उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ, उहाँले भन्नुभयो । उहाँले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताउनुभयो । त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भवनलाई पूर्णतः ऊर्जा बचत गर्ने शैलीमा ढाल्न लागिएको, पानीको समस्या नहोस् भनेर आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा (सोलार) जडान गरिने र यसबाट प्राकृतिक स्रोतको सही उपयोग हुनुका साथै वातावरणीय सन्तुलनमा पनि सघाउ पुग्ने बैंकको विश्वास रहेको बताउनुभयो । उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो । आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ । यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
'युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था'
Economy & BusinessJust now

'युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था'

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताएको छ । सङ्खुवासभमा सदरमुकाम ...

अर्थडबली
डाटा सुरक्षा बोर्ड गठन गर्ने सरकारको तयारी, ६ महिनाभित्र विधेयक संसद्मा लैजाने
Economy & BusinessJust now

डाटा सुरक्षा बोर्ड गठन गर्ने सरकारको तयारी, ६ महिनाभित्र विधेयक संसद्मा लैजाने

काठमाण्डु– सरकारले साइबर सुरक्षा र डाटा संरक्षणका लागि छुट्टै डाटा सुरक्षा बोर्ड स्थापना गर्ने तयारी गरेको छ। डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा बोल्दै प्रधानमन्त्री कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुवास ढकालले यस्तो जानकारी दिएका हुन्। सरकारले आगामी ६ महिनाभित्र डाटा सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित […] ...

काठमाण्डुपाटी
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण
Economy & BusinessJust now

कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण, एक वर्षमा १६३ हेक्टर मात्रै नियन्त्रण

सुर्खेत । कर्णाली प्रदेशमा ३ हजार १८८.१७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । वन संरक्षणको जिम्मेवारी पाएका सरकारी निकायले अतिक्रमण नियन्त्रणका प्रयास गरिरहे पनि ठूलो क्षेत्रफल अझै अतिक्रमणकै अवस्थामा रहेको सरकारी तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार प्रदेशका विभिन्न जिल्लामा गरी ३ हजार १८८… ...

आर्थिक न्यूज
विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक
Economy & BusinessJust now

विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् । जसको खेलतालिका सार्वजनिक भएको छ।  सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले इटलीसँग  डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गते… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play