काठमाडौं, कात्तिक १५ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले सफलताको यो तथ्य उजागर गरेको छ । नेपालकै स्थापित ब्यवसायी तथा नेपालमा लगानी भित्र्याउने अभियानका एक नायक चन्द्र ढकाल अध्यक्ष र सुरेन्द्रराज रेग्मी प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहनुभएको ग्लोबल आइएमई बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा २४.४८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । योसँगै बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको थियो । यस्तै बैंकको सञ्चालन नाफा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रुपैयाँबाट बढेर ३ अर्ब २२ करोड २९ लाख २९ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १ करोड ९ लाख ८८ हजारबाट बढेर ४८ करोड ८३ लाख ३ हजार रहेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार पुगेको छ । बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा रहेको छ । बैंकको असोज मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशत रहेको विवरणले देखाएको छ ।
ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड : प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा पुग्यो

Read Complete Original Article
Published originally on जनताटाइम्स






