Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराज ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराज ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि दराज नेपालले अभियानको अवधि बढाएर नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म पुर्‍याएको छ। यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधासहितका आकर्षक अवसरहरूको थप लाभ लिन सक्नेछन्। अभियानका सुरुवाती दिनहरूमा विभिन्न सामग्री तथा वस्तुहरूमा ग्राहकहरूको उल्लेखनीय चासो र सहभागिता देखिएपछि अभियानको अवधि विस्तार गर्ने निर्णय गरिएको हो। यस विस्तारमार्फत दराजले कुनै पनि ग्राहकलाई उपलब्ध आकर्षक छुट तथा विशेष सुविधाको अवसरबाट वञ्चित हुन नदिने उद्देश्य राखेको छ। यस वर्षको ११.११ सेल तिहार तथा छठ पर्वसँगै परेको छ, जसले चाडपर्वको तयारीमा रहेका उपभोक्ताका लागि यसलाई अझ विशेष बनाएको छ। यसअघि १०.१० अभियान दसैँको अवसरमा सञ्चालन गरिएको थियो। यसरी दराजले नेपालका प्रमुख चाडपर्वको अवसरमा उपभोक्ताका लागि निरन्तर किनमेलका आकर्षक अवसरहरू उपलब्ध गराउँदै आएको छ। ११.११ का सुरुवाती दिनमा किनमेलको प्रवृत्तिः ग्राहकहरूले के किन्दैछन् ? दराज ११.११ का सुरुवाती दिनहरूमा ग्राहकहरूको किनमेल प्राथमिकतामा विभिन्न रोचक प्रवृत्ति देखिएका छन्। विद्युतीय सामग्री, फेसन, चाडपर्वका आवश्यक सामग्री तथा दैनिक जीवनशैलीसँग सम्बन्धित वस्तुहरूमा उल्लेखनीय माग देखिएको छ। ग्राहकहरूले बढी रुचाएका प्रमुख सामग्री तथा वस्तुका क्षेत्रहरू निम्न छन् ः विद्युतीय सामग्रीः इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी तथा अन्य विद्युतीय सामग्रीका साथै भान्सामा प्रयोग हुने उपकरण र घरायसी विद्युतीय सामग्री। पहिरन तथा फेसनः महिला तथा पुरुषका जाडोयामका पहिरन, पुरुषका जुत्ता, महिला तथा पुरुष दुवैका घडी, विशेषगरी प्रतिष्ठित ब्रान्डका घडी, साथै झोला तथा यात्राका सामान। दैनिक उपभोग्य वस्तुः चाडपर्वका लागि आवश्यक सामग्री, खाद्यवस्तु तथा घरायसी उपभोगका सामग्री। जीवनशैली तथा विविध सामग्रीः हिँडेर व्यायाम गर्न प्रयोग हुने उपकरण, घरमै व्यायाम गर्न आवश्यक सामग्री, प्रोटिनजन्य उत्पादन, पुस्तक तथा लेखन सामग्रीका साथै भान्सा सफा गर्ने सामग्री, पुछ्ने कपडा, मार्बल स्टिकर, मन्त्र जप्ने गणक तथा फोहोर फाल्ने झोलाजस्ता दैनिक घरायसी सामग्री। घर तथा सजावटः तिहारका लागि सजावटी बत्ती, रङ्गोली बनाउने उपकरण तथा रङहरू, फर्निचर, घर सजावटका सामग्री, भान्सामा प्रयोग हुने आवश्यक वस्तु तथा घरको सजावटका लागि आवश्यक अन्य सामग्री। यी प्रवृत्तिले उपभोक्ताहरू ठूला खरिदका लागि मात्र नभई दैनिक आवश्यकताका सामग्री, व्यक्तिगत रुचिका वस्तु तथा चाडपर्वको तयारीका लागि समेत विद्युतीय किनमेलको माध्यम रोज्दै गएको देखाउँछन्। विद्युतीय भुक्तानीको बढ्दो प्रयोग र देशव्यापी पहुँच यस अभियानले नेपाली उपभोक्तामाझ विद्युतीय भुक्तानीको बढ्दो प्रयोगलाई समेत उजागर गरेको छ। दराजमा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी भुक्तानी अग्रिम भुक्तानी तथा क्यूआर भुक्तानीलगायतका विद्युतीय माध्यमबाट हुने गरेको छ। यसले नगदरहित कारोबारप्रति उपभोक्ताको बढ्दो विश्वास र आकर्षणलाई प्रतिबिम्बित गर्छ। बैंक तथा विद्युतीय भुक्तानी सेवा प्रदायकहरूसँगको सहकार्यमा उपलब्ध आकर्षक छुट, नगद फिर्ता तथा विशेष सुविधाले पनि ग्राहकहरूलाई विद्युतीय भुक्तानीतर्फ प्रोत्साहित गरेको छ। त्यसैगरी, आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै दराजले दराज एक्सप्रेसमार्फत देशभरका ५१६ सहरमा सेवा पु¥याउँदै आएको छ। यसले प्रमुख सहरी क्षेत्रभन्दा बाहिरका उपभोक्ताका लागि समेत अनलाइन किनमेललाई सहज र पहुँचयोग्य बनाएको छ। विविध सामग्रीको उपलब्धता, विक्रेताहरूको सञ्जाल, विद्युतीय भुक्तानीका लागि विभिन्न साझेदारसँगको सहकार्य तथा आफ्नै ढुवानी पूर्वाधारमार्फत दराजले नेपालको विद्युतीय व्यापार क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको छ। साथै, यसले विभिन्न ब्रान्ड, स्थानीय उद्यमी तथा साना व्यवसायलाई देशभरका उपभोक्तासँग जोड्ने अवसरसमेत सिर्जना गरिरहेको छ। अब अभियान नोभेम्बर १९ सम्म विस्तार भएसँगै ग्राहकहरूले दराजको मोबाइल एप तथा वेबसाइटमार्फत विभिन्न सामग्रीमा उपलब्ध आकर्षक छुट, विशेष सुविधा तथा अन्य अफरहरूको लाभ लिन सक्नेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play