काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अभिनेत्री गौरी मल्ललाई जेल हाल्ने चेतावनी दिएका छन्। चलचित्र प्रचारका लागि गरिएको प्र्यांकप्रति आपत्ति जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन्। चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको थियो। उक्त गतिविधिलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफ्नो स्टाटसमा गौरी मल्ल अब सम्मानित अभिनेत्री नरहेको टिप्पणी गर्दै चलचित्रको प्रचारका नाममा गरिएको गतिविधिलाई आपराधिक कामको संज्ञा दिएका छन्। आफूहरू सरकारमा पुगेको अवस्थामा यस्तो गतिविधि गर्नेलाई जेल हाल्ने र जेलभित्रै श्रमदानका क्रममा ढुंगा बोकाउने साम्पाङको भनाइ छ। साम्पाङले अंग्रेजीमा लेखेको स्टाटसमा भनेका छन्, ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन्। उनले चलचित्रको प्रचारका लागि आपराधिक प्र्यांक गरिन्। यो आपराधिक कार्य हो। हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ।’ शनिबार चलचित्र ‘काकाकिकी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री गौरी मल्लसहितका कलाकारलाई प्रहरीले पक्राउ गरेको दृश्यसहितको नाटक प्रस्तुत गरिएको थियो।
गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन्: हर्क साम्पाङ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






