Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

गौतमबुद्ध विमानस्थलबारे छिट्टै ‘गुड न्यूज’ आउँददै छ : सांसद अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौतमबुद्ध विमानस्थलबारे छिट्टै ‘गुड न्यूज’ आउँददै छ : सांसद अग्रवाल
Photo / Coverage: पर्दाफास

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन र अन्तर्राष्ट्रिय हवाई रुटको समस्या समाधानका विषयमा छिट्टै सकारात्मक खबर आउने प्रतिनिधिसभा सदस्य पूनम कुमारी अग्रवालले बताएकी छन् । उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणबाट हवाई रुट तथा विमानस्थल सञ्चालनका विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको बताएकी हुन । चेम्बर अफ कमर्स रुपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन् । उनले विमानस्थल सञ्चालनका लागि आफूले संसदमा पाँच पटकसम्म आवाज उठाइसकेको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर रहेको दाबी गरिन । ‘हामी एकदमै छिट्टै गुड न्यूज पाउनेवाला छौँ । त्यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणको प्रतीक्षा गर्नुपर्नेछ,’ उनले भनिन् । उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएको समस्या केवल विमानस्थल निर्माण वा पूर्वाधारको विषय मात्र होइन, हवाई रुट, प्राविधिक सहजता, अन्तर्राष्ट्रिय एयरलाइन्सको आकर्षण र निजी क्षेत्रको सहभागितासँग पनि जोडिएको छ । यी विषयमा सरकार र सम्बन्धित निकायले समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । सांसद अग्रवालले रुपन्देही क्षेत्र नम्बर ३ का अन्य विकास निर्माणका काम महत्वपूर्ण भए पनि आफ्नो सबैभन्दा ठूलो प्राथमिकता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन रहेको स्पष्ट पारिन । विगत १४–१५ वर्षदेखि भैरहवा क्षेत्रको विकासलाई नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै उनले काठमाडौं पछिको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिएको यस विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताइन । ‘विमानस्थल नचलेको पनि होइन, चार वर्ष भयो सञ्चालनमा आएको छ । फ्लाई दुबई, थाई एयर र जजिराजस्ता अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान पनि भएका हुन् । तर ती उडान निरन्तर हुन सकेनन्,’ उनले भनिन् । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै नहुने अवस्था नरहेको तर नियमितता कायम गर्न नसक्नु मुख्य चुनौती भएको उनको विश्लेषण थियो । यसका लागि प्राविधिक समस्या, हवाई रुट र एयरलाइन्सलाई आवश्यक पर्ने व्यावसायिक वातावरणबारे गम्भीर समीक्षा गर्नुपर्ने उनले बताइन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्नुमा भारतीय हवाई क्षेत्रको प्रयोग र हवाई रुटको सहजताको विषय पनि महत्वपूर्ण रहेको सांसद अग्रवालको भनाइ थियो । प्रधानमन्त्रीको भारत भ्रमणलाई यसै सन्दर्भमा महत्वपूर्ण अवसरका रूपमा हेर्दै उनले दुई देशबीचको उच्चस्तरीय छलफलबाट हवाई रुटसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरिन । गोरखपुरस्थित भारतीय सैन्य विमानस्थल तथा त्यससँग जोडिएका सुरक्षा चासोका विषयमा पनि नेपालले संवेदनशील भएर छलफल गर्नुपर्ने उनको भनाइ थियो । तर यस्ता विषयलाई राजनीतिक वा चुनावी स्वार्थका लागि मात्र उठाउनेभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर समाधान खोज्नुपर्ने उनले बताइन् । नेपाली गाडी भारत लैजान दूतावास धाउनुपर्ने बाध्यता हट्ने सीमावर्ती क्षेत्रका नागरिक, व्यवसायी र यातायात व्यवसायीले लामो समयदेखि भोग्दै आएको नेपाली सवारीसाधन भारत प्रवेशको झन्झटिलो प्रक्रियाबारे पनि सांसद अग्रवालले चासो व्यक्त गरिन । नेपाली गाडी भारत लैजानका लागि भारतीय दूतावास धाउनुपर्ने र विभिन्न प्रक्रियागत झन्झट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न पहल भइरहेको उनले बताइन् । दुई देशबीचको आवागमन र व्यापारिक गतिविधिलाई सहज बनाउन सवारीसाधन प्रवेशसम्बन्धी प्रक्रिया सरल बनाउनुपर्ने उनको धारणा थियो । सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न मानिस र सामानको आवागमन मात्र नभई सवारीसाधनको सहज आवतजावत पनि उत्तिकै महत्वपूर्ण हुने उनले बताइन् । यस विषयमा पनि छिट्टै सकारात्मक परिणाम आउने उनको भनाई छ । सांसद अग्रवालले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताइन्‌ अर्थमन्त्रीले समेत निजी क्षेत्रलाई विकासको सहयात्रीका रुपमा स्वीकार गरिसकेको उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने धारणा राखिन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न सरकारी प्रयाससँगै पर्यटन व्यवसायी, उद्योगी, होटल व्यवसायी र अन्य सरोकारवालाले पनि बजार निर्माणमा भूमिका खेल्नुपर्ने उनले बताइन् । ‘काठमाडौंमा जसरी विमानस्थल चलेको छ, त्यसरी नै भैरहवामा पनि तत्काल त्यही स्तरको उडान हुन्छ भनेर व्यवसायीले सोच्नु हुँदैन । सुरुमा उत्पादन हुन्छ, त्यसपछि मार्केटिङ र विभिन्न सुविधा दिनुपर्छ । त्यसपछि मात्रै त्यो फस्टाउँछ,’ उनले भनिन । सिद्धार्थ रङ्गशालाका लागि २७–२८ करोड बजेट प्रक्रियामा खेलकुद पूर्वाधार विकासलाई पनि सांसद अग्रवालले आफ्नो प्राथमिकतामा रहेको विषयका रुपमा प्रस्तुत गरिन । उनले सिद्धार्थ रङ्गशाला निर्माणका लागि बजेट विनियोजन र निर्माण प्रक्रिया अघि बढेको जानकारी दिइन् । २०७६ सालपछि बजेटमा प्राथमिकता नपाएको रङ्गशालाको विषय अहिले पुनः अघि बढेको उनको भनाइ थियो । सुरुमा ६ करोड रुपैयाँबाट अघि बढेको योजना अहिले २७ देखि २८ करोड रुपैयाँसम्मको बजेट विनियोजन हुने चरणमा पुगेको उनले बताइन् । अर्बौं रुपैयाँ लगानीमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा भैरहवा र आसपासको पर्यटन, होटल तथा व्यावसायिक क्षेत्रले अपेक्षित लाभ लिन सकेको छैन । विमानस्थल सञ्चालनको अनिश्चितताले निजी क्षेत्रको लगानी जोखिममा परेको भन्दै रुपन्देहीका उद्योगी–व्यवसायीले सास्.द अग्रवाल मार्फत सरकारसँग हवाई उडान नियमित गर्नेदेखि सडक, रेलमार्ग र सीमा पूर्वाधार विस्तारसम्मका माग अघि सारे । छलफलमा सहभागी वक्ताहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन नगरेसम्म यस क्षेत्रको पर्यटन र आर्थिक गतिविधिले गति लिन नसक्ने बताएका हुन् । उनीहरुले विमानस्थल सञ्चालनलाई सरकारको प्राथमिकतामा राख्न, अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गर्न र पर्यटकमैत्री वातावरण बनाउन आग्रह गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद घिमिरेले विमानस्थल सञ्चालनको पहिलो आधार यात्रु भएको उल्लेख गर्दै यात्रु सुनिश्चित गर्ने रणनीति बनाउनुपर्ने बताए । उनका अनुसार विमानस्थल निर्माण गरेर मात्रै हुँदैन, त्यहाँबाट नियमित उडान हुने र यात्रुले सेवा प्रयोग गर्ने वातावरण पनि सरकारले बनाउनुपर्छ । ‘विना यात्रु विमानस्थल टिक्न सक्दैन। त्यसैले काठमाडौं–भैरहवा नियमित उडान भर्ने वातावरण बनाउनुपर्छ। विदेशी एयरलाइन्सलाई पनि यहाँबाट उडान गर्न आकर्षित गर्नुपर्छ,’उनले भने। उनले विमानस्थलसँगै भैरहवाको दीर्घकालीन आर्थिक विकासका लागि रेल कनेक्टिभिटी आवश्यक रहेको औंल्याए । डण्डा पुलदेखि दक्षिणतर्फको क्षेत्रलाई केन्द्रमा राखेर जग्गा व्यवस्थापन तथा अधिग्रहण गरी रेलमार्ग र आवश्यक भौतिक पूर्वाधार विस्तार गर्नुपर्ने उनको माग थियो । नेपाल होटल संघ लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले होटल तथा पर्यटन क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरे पनि विमानस्थल नियमित सञ्चालन नहुँदा त्यसको प्रतिफल प्राप्त गर्न नसकेको बताए । भैरहवा, लुम्बिनी र आसपासका क्षेत्रमा पर्यटकलाई लक्षित गरी होटल, रिसोर्ट तथा पर्यटन पूर्वाधार निर्माण भए पनि हवाई सम्पर्क प्रभावकारी नहुँदा अपेक्षित पर्यटक भित्र्याउन कठिन भएको उनको भनाइ थियो । उनले विमानस्थल सञ्चालनका विषयमा सरकारले स्पष्ट नीति र कार्ययोजना बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आशामा निजी क्षेत्रले गरेको लगानीलाई प्रतिफलमुखी बनाउन नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको उनले औंल्याए । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाटा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकले विभिन्न चेकपोस्ट र सुरक्षाकर्मीबाट अनावश्यक झन्झट बेहोर्नुपरेको गुनासो गरे । भारतसँगको खुला सीमा र सडक सञ्जालको सहजताका कारण ठूलो संख्यामा भारतीय पर्यटकलाई लुम्बिनी तथा आसपासका पर्यटकीय गन्तव्यमा आकर्षित गर्न सकिने सम्भावना रहे पनि प्रवेश प्रक्रियामा हुने असहजताले पर्यटक निरुत्साहित भइरहेको उनको भनाइ थियो । उनका अनुसार विमानस्थलबाट अन्तर्राष्ट्रिय पर्यटक भित्रयाउने प्रयाससँगै स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई सहज सेवा दिन सके मात्रै लुम्बिनी क्षेत्रको पर्यटनले अपेक्षित गति लिन सक्छ । छलफलमा सहभागी व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई मात्र विकासको केन्द्र बनाएर नहुने भन्दै बेलहिया नाका, एकीकृत जाँचचौकी (आईसीपी), रेल कनेक्टिभिटी र सडक पूर्वाधारलाई पनि समान प्राथमिकता दिनुपर्ने बताएका थिए । भारतसँगको व्यापारिक सम्बन्ध र सीमावर्ती आवागमनलाई व्यवस्थित बनाउन नाकाको पूर्वाधार विस्तार तथा ढुवानी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनीहरुको धारणा थियो । रेलमार्गसँगको सम्पर्क विस्तार हुन सके आयात–निर्यातको ढुवानी लागत घट्नुका साथै औद्योगिक तथा व्यापारिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनीहरुले बताए । व्यवसायी नारायणप्रसाद भण्डारीले भैरहवाको समग्र विकासलाई व्यापार, पारवहन, पर्यटन र पूर्वाधारसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए । भारतसँगको व्यापारिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्रको सम्भावना उपयोग गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको भनाइ थियो । भारत–नेपाल मैत्री संघ रुपन्देहीका अध्यक्ष श्रीचन्द्र गुप्ताले पनि सीमा नाकाको व्यवस्थापन, पारवहन सुविधा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सीमावर्ती क्षेत्रको विकासका लागि नेपाल र भारतबीचको समन्वय तथा सहकार्य महत्वपूर्ण हुने उनले औंल्याए । चेम्बर अफ कमर्श रुपन्देहीको अध्यक्ष सचिन रोक्काको अध्यक्षता र महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देहीका उद्योगी ब्यवसायी, पर्यटन ब्यवसायीहरुको सहभागीता रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड
OthersJust now

आईजीपीलाई पदबाट हटाउँदा अन्याय भयो, सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड

‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ प्रचण्डले भने । ...

अनलाइन खबर
डेभिड वार्नरले बनाए अर्धशतक
OthersJust now

डेभिड वार्नरले बनाए अर्धशतक

पहिलो पटक एनपीएल खेलिरहेको वार्नरले काठमान्डुका लागि तेस्रो खेलमा आएर अर्धशतक प्रहार गरेका हुन् । ...

अनलाइन खबर
ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार
OthersJust now

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । ...

अनलाइन खबर
नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी
OthersJust now

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play