Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

गोरखाकाे धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखाकाे धार्चेमा विद्युत् र सञ्चार सेवा सुचारु
Photo / Coverage: केन्द्रबिन्दु

गोरखा । धार्चेका ६०० घरधुरीमा झण्डै डेढ महिनापछि विद्युत् र सञ्चार सेवा सुचारु भएको छ । धार्चे गाउँपालिका– १ र ३ करिब ६०० घरधुरीमा सोमबारदेखि विद्युत् सेवा सुचारु भएको हो । बुढीगण्डकीमा आएको बाढीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमको टावरमा विद्युत् सेवा जडान भएपछि सञ्चार सेवा पनि सुचारु भएको त्यहाँका वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए । बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास उहिया लघु जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिका–३ र धार्चेको उहिया क्षेत्र विगत डेढ महिनादेखि विद्युत्विहीन बनेको थियो । उहियास्थित नेपाल टेलिकमको टावरमा विद्युत् विच्छेद हुँदा सेवा अवरुद्ध भएको थियो । विद्युत् जडान भएसँगै वरपरका गाउँबस्तीमा सञ्चार सम्पर्क सेवा सुचारु भएपछि स्थानीयबासी खुसी भएका छन् । सोमबार मात्र उहियामा विद्युत् सेवा सञ्चालनमा आएको धार्चे गाउँपालिका–२ का वडाध्यक्ष सरोज गुरुङले बताए । उत्तरी गोरखाको गाउँबस्तीमा विद्युत् सेवा दिँदै आएको कादुरी नामक संस्थाको पहलमा उहियामा बिजुली बलेको उनले उल्लेख गरे । उनका अनुसार विद्युत् सेवा सुचारु भएपछि सञ्चार सेवा पनि सुचारु भएको हो । “उहियाको टावरबाट उहिया, माछाखोला, खोर्ला, खोर्लावेशी, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकका गाउँबस्तीमा सञ्चार सेवा सुचारु भएको छ”, गुरुङले भने, “त्यहाँ डेढ महिनासम्म बिजुली नबल्दा टावर चलेन । वरपरका सबै गाउँबस्तीमा बिजुली त जसोतसो बल्यो तर फोन सम्पर्क हुन सकेन ।” धार्चे गाउँपालिकाको वडा नं १, २ र ३ मा गत असोज २५ गते बाढी गएदेखि सञ्चार सेवा ठप्प बनेकोमा सोमबारदेखि मात्र सञ्चालनमा आएको वडा नं २ का अध्यक्ष सरोज गुरुङले बताए । गाउँमा सञ्चार सेवा ठप्प बन्दा वडाका काम कारबाही र स्थानीयको जनजीवनसमेत प्रभावित बनेको उनको भनाइ छ । उनी भन्छन्, “आजभोलि सञ्चार र प्रविधिको जमाना छ । यो डेढ महिना गाउँमा फोन टावर नचल्दा हामी पुरानै जमानामा पुगेको जस्तो भएका थियौँ ।” धार्चेको वडा नं १, २ र ३ का गाउँबस्तीलाई बाढीले आवतजावतसँगै सञ्चारबाट पनि वञ्चित गराएको थियो । वडा नं १ हुल्चुकको करिब २५० घरधुरी र वडा नं ३ उहियाको ३३२ घरधुरी बाढी आएको दिनदेखि अन्धकारमा जीवन गुजारा गरिरहेका थिए । स्थानीयले विद्यालय तथा स्वास्थ्य चौकीको सोलारबाट जसोतसो फोन चार्ज गरेपनि फोन सम्पर्क भने सुचारु हुन सकेको थिएन । फोन टावर नहुँदा गाउँलेहरु फोन सम्पर्कका लागि माथि डाँडामा धाउनुपर्ने बाध्यता थियो । उहियाको टावरमा विद्युत् नहुँदा त्यसको प्रत्यक्ष असर वरपरका माछाखोला, खोर्ला, खोर्लावेशी, उहिया, दुङ्ला, रुन्चेत, उम्चेत र हुल्चुकको गाउँबस्तीमा परेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतक
Latest NewsJust now

दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरुवाती ३.१ ओभरमै जम्मा ८ रन जोड्दा आफ्ना प्रमुख ३ विकेट गुमाएर निकै दबाबमा परेको थियो। ओपनर जर्ज मुन्सी शून्य, विनोद भण्डारी र थनुका डबरे समान ३–३ ...

केन्द्रबिन्दु
बिचौलिया र न्यायाधीश कनेक्सन प्रकरण : बारको छानबिन समिति भत्किएपछि महाअभियोग अन्योलमा
Latest NewsJust now

बिचौलिया र न्यायाधीश कनेक्सन प्रकरण : बारको छानबिन समिति भत्किएपछि महाअभियोग अन्योलमा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग विचौलिया (फिक्सर) इनम सापकोटासँग सम्बन्ध जोडिएको विवादको विषय अन्योल बनेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीहरू हरिप्रसाद फुयाँलसँग कनेक्सन जोडिएको बिचौलिया इनम... ...

रातोपाटी
हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

गोरखापत्र अनलाइन काठमाडौँ, मंसिर १ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशा... ...

गोरखापत्र
घोप्टेभीरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

घोप्टेभीरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

चितवन – पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार मंगलबार दिउँसो काठमाण्डुबाट मुग्लिनतर्फ आउँदै गरेको बा८५प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुंगा खसेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play