Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

गृहमन्त्रीले भेटे यूएईका मन्त्री, राखे यस्ता प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
गृहमन्त्रीले भेटे यूएईका मन्त्री, राखे यस्ता प्रस्ताव
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौ् । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले शनिबार त्यहाँका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयाममा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा यूएईको लगानी तथा सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरिएको गृहमन्त्री गुरुङले बताएका छन्। उनले भने, ‘त्यसैगरी फेसलेस पोलिसिङ नन लिथल सेक्युरिटी गियर्सको उत्पादन तथा सुरक्षा निकायको आधुनिकीकरण र प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत विचार आदानप्रदान भयो।’नेपालका प्रस्तावित परियोजनामा सहकार्य गर्न डा. थानीले ‘सकारात्मक तत्परता देखाएको’ गृहमन्त्री गुरुङको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play