Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

गुल्मीमा मृत फेला परे प्रहरी निरीक्षक पर्वतकुमार केसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा मृत फेला परे प्रहरी निरीक्षक पर्वतकुमार केसी
Photo / Coverage: पर्दाफास

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको अधिकृत निवासको भुइँतलामा बस्दै आएका केसी मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले उनको कोठामा पुगेर ढोका ढकढक्याएका थिए। कोठाको ढोका भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको पाएपछि सहकर्मीले झ्यालको लक तोडेर भित्र प्रवेश गरेका थिए। त्यसक्रममा केसी ओछ्यानमै अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए। घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ
OthersJust now

विपक्षीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा जान्छ

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुन: सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनले यसअघि पनि आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा भएको भन्दै कसैको कृपाले नगएको जिकिर गरे । ‘संघर्षको मैदानबाट आएर… ...

अनलाइन खबर
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल
OthersJust now

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाको भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...

अनलाइन खबर
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
OthersJust now

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play