Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

गुल्मीमा मञ्जुको उद्यमशीलता : खुर्सानी खेतीबाट एकै सिजनमा एक लाख आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा मञ्जुको उद्यमशीलता : खुर्सानी खेतीबाट एकै सिजनमा एक लाख आम्दानी
Photo / Coverage: जनताटाइम्स

विदेशमा पसिना बगाएर मात्रै समृद्धिको सपना पूरा हुन्छ भन्ने छैन । आफ्नै गाउँको माटो, स्थानीय स्रोतसाधन र उपलब्ध समयको सदुपयोग गर्न सकियो भने कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश भुर्तुङको खुर्सानी खेतीले दिएको छ सज्जन ढकाल/गुल्मी । विदेश नगई, ठूलो लगानी नगरी र आफ्नो नियमित पेसासमेत नछोडी गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ गुल्मीको कालीगण्डकी गाउँपालिका–७, भुर्तुङ तमेकी मञ्जु पौडेलले । उहाँले अकबरे डल्ले खुर्सानी खेतीबाट एकै सिजनमा एक लाख रुपैयाँ आम्दानी गरेर स्थानीयस्तरमै आर्थिक आत्मनिर्भर बन्न सकिने गतिलो उदाहरण देखाउनु भएको छ । पेसाले शिक्षिका रहनुभएकी पौडेल दुर्गा भवन माध्यमिक विद्यालय, छापचौरमा बालकक्षामा अध्यापन गराउनुहुन्छ । विद्यालयको जिम्मेवारी, घरपरिवारको हेरचाह र कृषि कर्मलाई सँगसँगै अघि बढाउँदै उहाँले हासिल गर्नुभएको सफलता अहिले गाउँका अन्य महिला तथा साना किसानका लागि प्रेरणाको स्रोत बनेको छ । सुरुवाती चरणमा खुर्सानीको बीउ खरिद तथा खेतीसम्बन्धी अन्य कामका लागि उहाँले करिब २० हजार रुपैयाँ लगानी गर्नुभएको थियो । पहिलोपटक परीक्षणका रूपमा एक हलको बारीमा अकबरे डल्ले खुर्सानी खेती सुरु गर्नुभएकी पौडेलले सोचेभन्दा राम्रो उत्पादन प्राप्त गर्नुभयो । जसले उहाँको उत्साह र आत्मविश्वास दुवै बढ्दै गयो । परम्परागत खेती गर्दा बाँदरले बाली नष्ट गर्ने र वर्षभरि मेहनत गर्दा पनि उत्पादन जोगाउन मुस्किल हुने समस्या भोगेपछि उहाँ नगदेबालीतर्फ आकर्षित हुनुभएको हो । साना छोराछोरी र वृद्ध ससुराको हेरचाह गर्नुपर्ने जिम्मेवारीसमेत रहेकाले खेतीपातीमा पर्याप्त समय दिन उहाँलाई सहज थिएन । तर हप्तामा दुई दिन हुने बिदा तथा बिहान–बेलुकाको समयलाई सदुपयोग गर्दै उहाँले खुर्सानी खेतीलाई अगाडि बढाउनुभयो । गाउँमा खुर्सानी खेती अभियान सुरु हुँदा एकै सिजनमा लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने कुरा सुरुमा आफूलाई विश्वास नलागेको पौडेल बताउनुहुन्छ । त्यसैले परीक्षणका रूपमा थोरै जग्गामा खेती सुरु गर्नुभएको थियो । तर उत्पादन र बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यस खेतीप्रति थप उत्साहित हुनुभयो । पौडेल भन्नुहुन्छ, “खुर्सानी दिनहुँ पाक्छ । टिप्न जाँदा छुट्टै आनन्द आउँछ। बिहान कहिले होला र बारीमा पुगेर खुर्सानी टिपौँ जस्तो लाग्छ। दिनहुँ बिक्री गरेर पैसा हातमा पर्दा झनै खुसी लाग्छ ।” खुर्सानी खेतीबाट प्राप्त आम्दानीले विदेशमा मेहनत गरिरहनुभएका श्रीमान्लाई समेत आर्थिक रूपमा सहयोग पुगेको उहाँको भनाइ छ । घरपरिवारको जिम्मेवारीसँगै सीमित समयको सदुपयोग गरेर गर्न सकिने भएकाले आफूजस्ता महिलाका लागि खुर्सानी खेती राम्रो आम्दानीको माध्यम बन्न सक्ने उहाँको अनुभव छ । खेतीको सुरुवाती चरणमै करिब चार क्विन्टल खुर्सानी उत्पादन गरी बिक्री गरिएको थियो। उत्पादित खुर्सानी प्रतिकिलो २५० रुपैयाँका दरले स्थानीय बजारमै बिक्री वितरण गरिएको थियो । यसरी थोरै लगानीबाट सुरु गरिएको खेतीले एकै सिजनमा एक लाख रुपैयाँ आम्दानी दिन सफल भएको हो । बजार सुनिश्चिततामा वडा कार्यालयको पहल कृषि उत्पादन गरेर मात्र किसान आत्मनिर्भर बन्न सक्दैनन्, उत्पादित वस्तुको बजार सुनिश्चित हुनु पनि उत्तिकै आवश्यक हुन्छ । यही आवश्यकतालाई मध्यनजर गर्दै कालीगण्डकी गाउँपालिका–७ को वडा कार्यालयले किसानले उत्पादन गरेको खुर्सानी खरिद तथा बिक्री वितरणको व्यवस्था मिलाएको छ । वडाध्यक्ष घनश्याम थापाले सूचना जारी गरी वडा कार्यालयमार्फत खुर्सानी खरिद तथा बिक्री वितरणको व्यवस्था मिलाउनुभएको छ । उत्पादनपछि बजार कहाँ खोज्ने भन्ने चिन्ता कम भएपछि किसानमा व्यावसायिक खेतीप्रति थप उत्साह बढेको छ । यसले स्थानीय किसानलाई नगदेबाली उत्पादनतर्फ आकर्षित गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ । स्थानीयस्तरमै व्यावसायिक खेतीको अभियान भुर्तुङमा खुर्सानी खेतीलाई व्यावसायिक बनाउने र किसानलाई नगदेबालीतर्फ आकर्षित गर्ने अभियानको अगुवाइ स्थानीय सुरेश ढकालले गर्नुभएको हो। हाल उहाँ कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा कुसुम कोसेली घरका सञ्चालक हुनुहुन्छ । उहाँले गाउँगाउँमा किसान भेला गराई प्रशिक्षकसहित खुर्सानी खेतीसम्बन्धी तालिम तथा प्रशिक्षण सञ्चालन गर्नुभएको थियो । किसानलाई खेती गर्न प्रोत्साहित गर्नुका साथै उत्पादित खुर्सानीको बजार सुनिश्चितताका लागि समेत उहाँले पहल गर्नुभएको थियो । यस अभियानमा भुर्तुङस्थित महालक्ष्मी युवा क्लबले पनि सहयोग गरेको थियो। क्लबले बीउ खरिदमा लगानी गरी स्थानीय किसानलाई खुर्सानीको बीउ उपलब्ध गराएको थियो । त्यसैगरी, आर्थिक अवस्था कमजोर भएका तथा खेतीमा लगानी गर्न नसक्ने किसानलाई समेत अभियानमा सहभागी गराउने उद्देश्यले ढकालले ६०/४० साझेदारी मोडेल अघि सार्नुभएको थियो । उक्त मोडेलअनुसार खेतीका लागि आवश्यक सम्पूर्ण लगानी कम्पनीले गर्ने र उत्पादनबाट प्राप्त हुने हिस्सामध्ये ६० प्रतिशत किसान तथा ४० प्रतिशत कम्पनीले प्राप्त गर्ने व्यवस्था प्रस्ताव गरिएको थियो । यस मोडेलले किसानलाई लगानीको चिन्ता नगरी उत्पादनमा केन्द्रित हुन सहज बनाउने र उत्पादित वस्तुको बजार व्यवस्थापनको समस्या पनि कम गर्ने अपेक्षा गरिएको छ । थोरै उत्पादन, ठूलो सम्भावना अभियान सञ्चालन भए पनि सुरुवाती चरणमा सबै किसानले खुर्सानी खेती गर्न आँट नगर्दा यस वर्ष भुर्तुङमा अपेक्षाअनुसार उत्पादन हुन सकेको छैन। यद्यपि खेतीमा संलग्न अधिकांश किसानले हजारौँ रुपैयाँ बराबरको खुर्सानी बिक्री गरिसकेका छन्। अकबरे डल्ले खुर्सानी खेतीबाट करिब पाँच महिनामै आम्दानी लिन सकिने भएकाले आगामी दिनमा थप किसान यस खेतीतर्फ आकर्षित हुने विश्वास गरिएको छ। बजारको व्यवस्था, बीउमा सहयोग, प्राविधिक प्रशिक्षण र साझेदारीमा आधारित लगानी मोडेलले यस क्षेत्रको कृषि उद्यमशीलतालाई थप विस्तार गर्न सक्ने सम्भावना देखाएको छ । गुल्मीकी मञ्जु पौडेलको सफलता एउटा परिवारको आम्दानीमा भएको वृद्धि मात्र होइन, गाउँमै बसेर पनि आफ्नो सीप, समय र मेहनतको सदुपयोग गरी आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरणसमेत हो । उहाँको प्रयासले महिला, शिक्षक, गृहिणी तथा साना किसानलाई आफ्नो खेतबारीमा रहेका सम्भावना पहिचान गर्न प्रेरित गरेको छ । विदेशमा पसिना बगाएर मात्रै समृद्धिको सपना पूरा हुन्छ भन्ने छैन । आफ्नै गाउँको माटो, स्थानीय स्रोतसाधन र उपलब्ध समयको सदुपयोग गर्न सकियो भने कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश भुर्तुङको खुर्सानी खेतीले दिएको छ । मञ्जुको बारीमा फलेका खुर्सानीसँगै अहिले भुर्तुङमा आर्थिक आत्मनिर्भरता र व्यावसायिक कृषि विकासको नयाँ आशासमेत पलाउन थालेको छ । जुन मुलुकभरका ६ हजार ७ सय ६३ वटै वडाका लागि अनुकरणीय बन्न सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डु-तराई-मधेस द्रुतमार्गको प्रगति ५० प्रतिशत
Economy & BusinessJust now

काठमाण्डु-तराई-मधेस द्रुतमार्गको प्रगति ५० प्रतिशत

काठमाण्डु– रक्षा मन्त्रालय, नेपाली सेना र अन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधिमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको प्रगति लक्ष्यको तुलनामा सन्तोषजनक देखिएको छ । मन्त्रालयमा आज आयोजित चालु आवको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत विवरणअनुसार पहिलो त्रैमासमा चालुतर्फ १०४.०९ र पुँजीगततर्फ ४३.२४ प्रतिशत खर्च […] ...

काठमाण्डुपाटी
नयाँ आईजीपीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न
Economy & BusinessJust now

नयाँ आईजीपीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौँ / गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको ...

अर्थडबली
जनकपुर बिजलपुरा रेल सेवालाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग
Economy & BusinessJust now

जनकपुर बिजलपुरा रेल सेवालाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग

जनकपुर / नेपालको एकमात्र रेल जयनगर बिजलपुरा रेल्वेकलाई व्यवस्थित र पर्यटकमैत्री बनाउन माग गरिएको छ । जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीलाई आज (बुधबार) ...

अर्थडबली
ट्रम्पका उम्मेदवार पराजित, पहिलो मुस्लिम सिनेटरसहित डेमोक्रेटिक पार्टीको ऐतिहासिक सफलता
Economy & BusinessJust now

ट्रम्पका उम्मेदवार पराजित, पहिलो मुस्लिम सिनेटरसहित डेमोक्रेटिक पार्टीको ऐतिहासिक सफलता

काठमाडौं । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएको छ। विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र सिनेटमा बहुमत हासिल गरेको छ। निर्वाचन परिणामले ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ। संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको पकड कायम भएपछि अब सरकारका नीति तथा निर्णयम… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play