गल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक इन्स्पेक्टर पर्वतकुमार केसी निवासमै मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार मृत फेला परेका हुन्। बिहान साढे ९ बजेसम्म पनि नउठेपछि प्रहरीले निवासमा गएर हेर्दा उनी अचेत अवस्थामा भेटिएका थिए। निवासको ढोकामा भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरेर उनलाई बाहिर निकालेको थियो। तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक असईबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। गुल्मीका प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण खुल्नेछ।
गुल्मीमा प्रहरी क्वाटरभित्र मृत अवस्थामा भेटिए इन्स्पेक्टर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






