Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छन् : उपराष्ट्रपति यादव

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छन् : उपराष्ट्रपति यादव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व), २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बी तथा नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । मंगलबार शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले गुरुनानक देव धार्मिक अगुवा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा सम्मानित रहनुभएको उल्लेख गर्नुभएको छ । उहाँले गुरुनानक देवले मानवतालाई केन्द्रमा राख्दै विविधताबीच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावको जीवनदर्शन अवलम्बन गर्न प्रेरणा दिनुभएको बताउनुभएको छ । उपराष्ट्रपति यादवका अनुसार गुरुनानकका विचारले मानव मर्यादा, सहिष्णुता र सहयोगका मूल्यलाई सुदृढ बनाउँदै समतामूलक, सौहार्दपूर्ण र सहअस्तित्वमा आधारित समाज निर्माणका लागि प्रेरणा प्रदान गर्छन् । गुरुनानक देवले प्रतिपादन गर्नुभएका श्रमको मर्यादा, सत्यनिष्ठ जीवन, ज्ञानको खोजी र साझा हितका मूल्यहरू आजको विश्वमा अझ सान्दर्भिक रहेको उहाँले उल्लेख गर्नुभएको छ । परिश्रमलाई पूजा, सेवालाई कर्तव्य र मानवतालाई धर्म मान्ने उहाँको दृष्टिकोणले जिम्मेवार नागरिक निर्माणमा प्रेरणा दिने उपराष्ट्रपति यादवको भनाइ छ । शिख परम्पराअनुसार गरिने सामूहिक सेवा, सहभोज, कीर्तन तथा आध्यात्मिक साधनाले समानता र समावेशिताको उच्च आदर्शलाई जीवित राखेको पनि उहाँले बताउनुभएको छ । जात, वर्ग, भाषा वा पृष्ठभूमिको भिन्नतालाई गौण बनाउँदै एउटै स्थानमा भेला भएर गरिने यस्ता अभ्यासले बहुलतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव र पारस्परिक सम्मानलाई थप बलियो बनाउने उहाँको विश्वास छ । विश्वले शान्ति, सहिष्णुता, नैतिकता र सामाजिक न्यायका क्षेत्रमा नयाँ चुनौती सामना गरिरहेको सन्दर्भमा गुरुनानक देवका विचारले आपसी विश्वास, संवाद र मानवीय उत्तरदायित्वको संस्कृतिलाई पुनः जागृत गर्न मार्गदर्शन गर्ने उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ । उहाँले गुरुनानक जयन्तीले विविधताभित्र एकता, सहकार्य र साझा समृद्धिको राष्ट्रिय संकल्पलाई थप सुदृढ बनाउँदै सभ्य, समतामूलक, शिक्षित र समुन्नत नेपाल निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने
Latest NewsJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने

ललितपुरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापाले प्रारम्भमै विशेष सम्बोधन गर्नेछन्। ...

कान्तिपुर
रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा
Latest NewsJust now

रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र... ...

रातोपाटी
बबई पुल निर्माण : असी प्रतिशत भौतिक प्रगति
Latest NewsJust now

बबई पुल निर्माण : असी प्रतिशत भौतिक प्रगति

लीलाधर वली घोराही, मङ्सिर ८ गते । दाङको बबई नदीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदी पुलको भौतिक न... ...

गोरखापत्र
लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी
Latest NewsJust now

लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण भएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । हिम रिभर पावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले २०८३ मंसिर ६ गतेदेखि राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा विद्युत् पठाउन थालेको हो । भोटेकोशी गाउँपालिका–२ मा रहेको आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement