Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गीतकार सरिता घिमिरेले ल्याइन् तिहार कोसेली ‘सजाएर टिका थाली’ [भिडियोसहित]

Share:WhatsAppFacebookX (Twitter)Telegram
गीतकार सरिता घिमिरेले ल्याइन् तिहार कोसेली ‘सजाएर टिका थाली’ [भिडियोसहित]
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गीतकार सरिता घिमिरेले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार विशेष गीत ‘सजाएर टिका थाली’ ल्याएकी छन् । दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र तिहारको सांस्कृतिक महत्त्वलाई समेटेर तयार पारिएको गीतलाई उनले यस वर्षको तिहार कोसेलीका रूपमा दर्शकमाझ ल्याएकी हुन् । गीतमा शक्ति बल्लभको संगीत तथा बनिका प्रधानको स्वर रहेको छ । तिहारमा दिदीबहिनीले दाजुभाइका लागि तयार पार्ने सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला तथा स्नेह र आत्मीयताको भावलाई गीतले समेटेको छ । गीतको भिडियोमा अभिनेत्री रजनी केसी र कमल सिंहको अभिनय देख्न सकिन्छ । जीवन शाहीको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा रेशम दर्लामीको छायांकन र विश्वराम खड्काको सम्पादन तथा कलर संयोजन रहेको छ । मनोहर सुनामको संगीत संयोजन रहेको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेलले गरेका हुन् । तिहारको उल्लास, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र नेपाली मौलिक संस्कृतिलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यसहित ल्याइएको ‘सजाएर टिका थाली’ले छाेटाेसमयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएकाे छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर
Latest NewsJust now

स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर

काठमाडाैँ। स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ। हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको... ...

रातोपाटी
चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन
Latest NewsJust now

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिनेसहितका निर्णय गरेको हो... ...

रातोपाटी
धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा
Latest NewsJust now

धान सिजनमा नहरहरू पूर्ण सञ्चालनमा

काठमाडौँ, कात्तिक १७ गते । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीबाट किसानका खेतसम्म पानी पुर्‍याइएको छ । धानबालीलाई आवश्यक पानी उपलब्ध गराउन सिँचाइ आयोजनाहरूले नहर सञ्चालनल... ...

गोरखापत्र
समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]
Latest NewsJust now

समान धारणा बनाउन जुटे संसदमा रहेका विपक्षी दलहरू [तस्बिरहरू]

संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसिरहेको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play