Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एक गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिब ३५ वर्षीय कलाकार खगेन्द्र न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार उनलाई काठमाडौंमा नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि कालिकोट लगिएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा अहिले फैलिएको उक्त भिडिओ करिब अढाई वर्ष पुरानो हो । भिडिओ गायिका नाबालिग रहेको समयमा रेकर्ड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक यादवले बताए । पीडित गायिकाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू नाबालिग हुँदा आफ्नो बालमस्तिष्कको दुरुपयोग गरी उक्त सामग्री तयार पारिएको दाबी गरेकी छन् । उनले घटनाका कारण आफू गम्भीर मानसिक तनावमा परेको उल्लेख गर्दै आफ्नो कलाकारिता र भविष्य समाप्त पार्ने उद्देश्यले सामग्री फैलाइएको बताएकी छन् । मुख्य आरोपी पक्राउ परिसकेको जानकारी पाएको भन्दै उनले विगतको घटनामा आफूबाट समेत कमजोरी भएको स्वीकार गरेकी छन् । साथै, घटनालाई थप फैलाउन सहयोग पुग्ने गरी सामाजिक सञ्जालमा सामग्री शेयर, कमेन्ट वा प्रसार नगर्न उनले आग्रह गरेकी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नियुक्ति सिफारिस प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन सुनुवाइ समितिले सरकारलाई निर्देशन दिने
Latest NewsJust now

नियुक्ति सिफारिस प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन सुनुवाइ समितिले सरकारलाई निर्देशन दिने

सरकारले गर्ने सिफारिस प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक निर्देशन दिइने बताएका छन्। ...

हाम्राकुरा
डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध
Latest NewsJust now

डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा तथा खेलकुद मन्त्रालयले सत्याग्रह अन्त्य गरेर संवादमा आउन डा. गोविन्द केसीलाई अनुरोध गरेको छ।  सोमबार मन्त्रालयले डा. केसीले उठाएका विभिन्न माग र मन्त्रालयबाट हालसम्म भएका सम्झौताको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राखेका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्... ...

नेपालखबर
२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला
Latest NewsJust now

२२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । विशेषगरी वित्तीय सङ्घीयता कार्यान्वयनमा केन्द्र सरकार प्रतिबद्ध नभएको भेलाको निष्कर्ष छ । वित्तीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play