Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता र मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ । संस्थागत संरचना निर्माणमा मात्र सीमित नभई गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाले विश्व समुदायलाई दिनुभएको शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादाको दर्शनलाई नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच जोड्ने अभियानका रूपमा यसलाई अघि बढाइने नेपाल प्रतिनिधि टायम कट्टेलले बताए । उनका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । ‘हजारौँ वर्षअघि नेपालबाट विश्वभर फैलिएको बुद्धको शान्ति, अहिंसा, करुणा र मैत्रीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित वर्तमान विश्वमा बुद्धको दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न तथा नेपालको ऐतिहासिक पहिचान र विश्वप्रतिको योगदानलाई थप स्थापित गर्ने उद्देश्यसहित नेपाल च्याप्टर गठन गरेका हौँ,’ उनले भने । नेपाल प्रतिनिधि कट्टेलका अनुसार महात्मा गान्धीले सत्य, अहिंसा र शान्तिपूर्ण आन्दोलनमार्फत विश्वलाई परिवर्तनको मार्ग देखाएका थिए भने नेल्सन मण्डेलाले समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेका थिए । गौतम बुद्धसहित यी तीन महान् व्यक्तित्वका विचार र जीवनदर्शनलाई साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवद्र्धन गर्नु फाउन्डेसनको मूल उद्देश्य रहेको उनले बताए । फाउन्डेसनको साझा सन्देश छ, ‘शान्ति भनेको द्वन्द्वको अनुपस्थिति मात्र होइन, मानवता, करुणा र पारस्परिक सम्मानको उपस्थिति पनि हो ।’ ‘गान्धी–मण्डेला फाउन्डेसन’ अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । फाउन्डेसनले विश्वका विभिन्न क्षेत्र तथा देशमा अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य र गतिविधिमार्फत गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको दर्शन तथा जीवनमूल्यको प्रवद्र्धन गर्दै आएको छ । यसका साथै विश्व शान्ति, अहिंसा, मानव अधिकार, सामाजिक न्याय र मानवताको संरक्षण, विभिन्न देशका नागरिकबीच जनस्तरीय सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, शिक्षा, युवा सहभागिता तथा सामाजिक सहकार्यलाई पनि फाउन्डेसनले प्राथमिकतामा राखेको छ । नेपाल च्याप्टर स्थापनाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित छैन । दुवै देशको सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन, सामाजिक परम्परा तथा जनस्तरीय सम्बन्धमा गहिरो ऐतिहासिक निकटता रहँदै आएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको सत्य तथा अहिंसाको दर्शनले विश्वमा पहिचान स्थापित गरेको भारतबीचको साझा विरासतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न नेपाल च्याप्टरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेपाल च्याप्टरले विशेषगरी नेपाल र भारतका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, सांस्कृतिक संस्था तथा शान्तिका पक्षधर व्यक्तित्वबीच सहकार्य र संवादका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी दिनमा विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पनि च्याप्टरले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
Latest NewsJust now

हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएका चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ । ...

हाम्राकुरा
नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया
Latest NewsJust now

नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया

काठमाडाैँ । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए । अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिष्पर्धा रहेपनि आर्थिक ...

टक्सार
नवदुर्गा देवगणको जात्रा तालिका सार्वजनिक
Latest NewsJust now

नवदुर्गा देवगणको जात्रा तालिका सार्वजनिक

भक्तपुर।यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार आगामी मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु हुनेछ। जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले मंसिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौं र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुने जानकारी दिए। पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० ...

नेपालन्युज
सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारसँग भेट
Latest NewsJust now

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारसँग भेट

सर्लाही, कात्तिक ३० गते । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाका परिवारसँग भेट गर्नुभएको छ ।ग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play