Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर स्थापना
Photo / Coverage: पर्दाफास

गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति, अहिंसा, करुणा, सहिष्णुता र मानवताको सन्देशलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘गान्धी–मण्डेला फाउन्डेसन’ को नेपाल च्याप्टर औपचारिक रूपमा स्थापना गरिएको छ । संस्थागत संरचना निर्माणमा मात्र सीमित नभई गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाले विश्व समुदायलाई दिनुभएको शान्ति, अहिंसा, समानता, स्वतन्त्रता, न्याय र मानव मर्यादाको दर्शनलाई नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबिच जोड्ने अभियानका रूपमा यसलाई अघि बढाइने नेपाल प्रतिनिधि टायम कट्टेलले बताए । उनका अनुसार इन्द्र कट्टेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । ‘हजारौँ वर्षअघि नेपालबाट विश्वभर फैलिएको बुद्धको शान्ति, अहिंसा, करुणा र मैत्रीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ । द्वन्द्व, असहिष्णुता, विभाजन र हिंसाबाट प्रभावित वर्तमान विश्वमा बुद्धको दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न तथा नेपालको ऐतिहासिक पहिचान र विश्वप्रतिको योगदानलाई थप स्थापित गर्ने उद्देश्यसहित नेपाल च्याप्टर गठन गरेका हौँ,’ उनले बताए । नेपाल प्रतिनिधि कट्टेलका अनुसार महात्मा गान्धीले सत्य, अहिंसा र शान्तिपूर्ण आन्दोलनमार्फत विश्वलाई परिवर्तनको मार्ग देखाएका थिए भने नेल्सन मण्डेलाले समानता, मेलमिलाप, स्वतन्त्रता र सामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेका थिए । गौतम बुद्धसहित यी तीन महान् व्यक्तित्वका विचार र जीवनदर्शनलाई साझा मानवीय मूल्यका रूपमा विश्वभर प्रवर्द्धन गर्नु फाउन्डेसनको मूल उद्देश्य रहेको उनले बताए । फाउन्डेसनको साझा सन्देश छ, ‘शान्ति भनेको द्वन्द्वको अनुपस्थिति मात्र होइन, मानवता, करुणा र पारस्परिक सम्मानको उपस्थिति पनि हो ।’ ‘गान्धी–मण्डेला फाउन्डेसन’ अन्तर्राष्ट्रिय, गैरराजनीतिक तथा गैरनाफामूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ । फाउन्डेसनले विश्वका विभिन्न क्षेत्र तथा देशमा अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य र गतिविधिमार्फत गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मण्डेलाको दर्शन तथा जीवन मूल्यको प्रवर्द्धन गर्दै आएको छ । यसका साथै विश्व शान्ति, अहिंसा, मानव अधिकार, सामाजिक न्याय र मानवताको संरक्षण, विभिन्न देशका नागरिकबिच जनस्तरीय सम्बन्ध विस्तार, सांस्कृतिक आदानप्रदान, शिक्षा, युवा सहभागिता तथा सामाजिक सहकार्यलाई पनि फाउन्डेसनले प्राथमिकतामा राखेको छ । नेपाल च्याप्टर स्थापनाले नेपाल र भारतबिचको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपाल र भारतबिचको सम्बन्ध भौगोलिक सीमामा मात्र सीमित छैन । दुवै देशको सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन, सामाजिक परम्परा तथा जनस्तरीय सम्बन्धमा गहिरो ऐतिहासिक निकटता रहँदै आएको छ । गौतम बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको सत्य तथा अहिंसाको दर्शनले विश्वमा पहिचान स्थापित गरेको भारतबिचको साझा विरासतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न नेपाल च्याप्टरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेपाल च्याप्टरले विशेष गरी नेपाल र भारतका युवा, विद्यार्थी, कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, सांस्कृतिक संस्था तथा शान्तिका पक्षधर व्यक्तित्वबिच सहकार्य र संवादका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ । आगामी दिनमा विभिन्न कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पनि च्याप्टरले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार
OthersJust now

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए । सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मका करदाता प्रोत्साहन उपहार घोषणा गर्दा उनले १० लाख पुरस्कार हात… ...

अनलाइन खबर
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता
OthersJust now

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

१ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । वर्षौंदेखि पुल नहुँदा नदी वारपार गर्न सास्ती भोग्दै आएका स्थानीयवासी सम्झौतापछि आवागमन सहज हुने आशामा छन् । सडक डिभिजन कार्यालय नेपालगञ्ज र भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६… ...

अनलाइन खबर
साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने
OthersJust now

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कपको लागि छनोटको रुपमा समेत रहेको यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको… ...

अनलाइन खबर
ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा
OthersJust now

ट्राफिकको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play