Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे, राहतका लागि इजरायलसँग ईयूको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ । ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै अवरोधबिना गाजामा प्रवेश गर्न दिन आग्रह गरेको हो ।साथै, राहत सामग्री र अस्थायी आवास मर्मतका लागि आवश्यक सामग्रीसमेत गाजामा पुर्‍याउन अनुमति दिनुपर्ने बताएको छ। ईयूले गाजाका सबै सीमा नाका पुनः खोल्न पनि माग गरेको छ । रिपोर्टहरूका अनुसार भारी वर्षा र बाढीका कारण गाजामा करिब ७० हजार टेन्ट डुबानमा परेका छन् । ती टेन्टमा करिब २० लाख जनसंख्याको ठूलो हिस्सा आश्रित रहेको बताइएको छ । बाढीका कारण प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले पहिले नै कठिन अवस्थामा रहेका विस्थापित नागरिकको समस्या थप बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play