AFP via Getty Images सीजेपीले जुलाइमा एउटा ब्यापक ठूलो प्रदर्शन गरेको थियो र त्यसले सङ्घीय मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको थियो जुलाई महिनामा दिल्लीको जन्तरमन्तरस्थित विरोध प्रदर्शन स्थलमा खुसीयाली छाएको थियो। सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको खबर सार्वजनिक भएसँगै जेनजी युवाहरूको आन्दोलनले उनलाई पद छाड्न बाध्य बनाएको थियो।एकजना प्रदर्शनकारीले मुस्कुराउँदै मतिर फर्केर भने, "यो युवाहरूको जित हो।"तर तीन महिनाभन्दा केही बढी समय बितिसक्दा परिस्थितिको माहौल नाटकीय रूपमा बदलिएको छ। अहिले विद्यार्थी प्रदर्शनकारीहरूलाई भेला हुनसमेत कठिन भइरहेको छ। गत महिना मतदानको अधिकारको माग गर्दै जेनजी नेतृत्वको कक्रोच जनता पार्टी सीजेपीले गरेको प्रदर्शनमा व्यापक प्रतिबन्ध लगाइयो र हजारौँ शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई हिरासतमा लिइयो।गर्मीयाममा भारतमा असन्तुष्टिको नयाँ लहर देखिएको थियो। युवाहरूमा गहिरिँदै गएको निराशा र सामाजिक सञ्जालमा फैलिएको व्यङ्ग्यात्मक तथा विद्रोही शैलीको हास्यले उक्त आन्दोलनलाई थप ऊर्जा दिएको थियो। भारतीय राजनीतिमा साङ्लोको नामले ल्याइदिएको हलचल : नेपालको जेन जी आन्दोलनभन्दा कति भिन्नभारतमा नेहा बोरापछि अभिजित दीप्के पनि हिरासतमुक्त, उनकी आमाले के भनिन्? आन्दोलन देशभरि फैलियो र बलियो नेताको छवि बनाएका र खुला आलोचना वा व्यङ्ग्यको सामना गर्न अभ्यस्त नरहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसलाई नियन्त्रणमा लिन कठिन भयो। तर सरकारले सुरक्षा व्यवस्थाका नाममा झन् कडा कदम चाल्दै जानुले प्रदर्शनकारीहरूलाई दिएको दुर्लभ छुटबाट उसले पाठ सिकेको र सार्वजनिक सुव्यवस्थाको कारण देखाउँदै असहमतिका आवाजहरूलाई नियन्त्रण गर्न थालेको सङ्केत गर्छ।सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का राष्ट्रिय प्रवक्ता सैयद जफल इस्लामले सरकारमाथि अत्यधिक बल प्रयोग गरेको आरोप अस्वीकार गर्दै बीबीसीसँग भने, "विरोध प्रदर्शन गर्ने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति संविधानले गरेको छ। तर यी अधिकारहरू कानुनको दायराभित्र रहेर प्रयोग गरिनुपर्छ। सार्वजनिक सुरक्षाको मूल्यमा अरूको अधिकारलाई बेवास्ता गर्दै ती अधिकार प्रयोग गर्न मिल्दैन।"मोदी सरकारले ठूलो स्तरका विरोध प्रदर्शनहरूको सामना गरेको यो पहिलो पटक भने होइन।तर सेन्टर फर पोलिसी रिसर्चकी पूर्वअध्यक्ष तथा ब्राउन विश्वविद्यालयकी भिजिटिङ प्रोफेसर यामिनी अय्यरका अनुसार यी प्रदर्शनको व्यापकता बिजेपीका लागि चुनौती बनेको छ।उनले भनिन्, "यी आन्दोलनहरू जात, लिङ्ग वा आर्थिक वर्गका आधारमा परिभाषित छैनन्। बिजेपीको परम्परागत समर्थक आधारका केही समूह, विशेषगरी आर्थिक रूपमा माथि उक्लिँदै गरेका न्यून आय भएका वर्गका मानिसहरू पनि यो आन्दोलनप्रति आकर्षित भएका थिए।" भारतमा मोदीलाई चुनौती दिइरहेकी ऊर्जाशील जेन जी प्रदर्शनकारीदिल्लीमा 'कक्रोच' प्रदर्शनमाथि प्रहरीको धरपकड, आफ्ना नेताहरूलाई नियन्त्रणमा लिइएको उक्त समूहको भनाइ युवाहरूको आन्दोलनको स्तरलाई अनलाइन उपस्थितिले पनि बढाएको थियो। प्रदर्शनकारीहरूले खुल्ला रूपमा प्रधानमन्त्रीको नक्कल गरेर उडाएका थिए जसले लामो समयदेखिको राजनीतिक रूपबाट वर्जित गरेको कुरालाई तोडेको थियो।"त्यो केवल हाँसोभन्दा माथि थियो," दिल्ली विश्वविद्यालयको वाम विद्यार्थी सङ्गठनमा आबद्ध भनेर चिनाउने प्रदर्शनकारी विद्यार्थी शखीले भनिन्।"अर्को पुस्तामा परिणामलाई लिएर हुने डर हामीमा त्यति महसुस भएन," उनीहरूले भने। "निकायहरूलाई चुनौती दिनका लागि हास्यव्यङ्ग्य नयाँ भाषा हो।"विगतका प्रदर्शन र आन्दोलनहरूले मोदीलाई गम्भीर चुनौती दिए पनि "राष्ट्र विरोधी" भनेर ठप्पा लगाइदिन वा समाजको सानो वर्गलाई यताउता गर्न सजिलो भएको अय्यर बताउँछिन्।सन् २०२० मा विवादास्पद कृषि सुधारलाई लिएर किसानहरूले प्रदर्शन गरे र उनीहरूलाई दिल्ली प्रवेश गर्न रोक लगाइयो। त्यस्तो प्रदर्शन महिनौँ चल्यो र बेलाबेला राजधानीको सीमामा झडपहरू पनि भए। तर एक वर्षको प्रदर्शनहरूपछि सरकारले कृषिमा गरिएको परिवर्तनलाई त्याग्यो।सन् २०१९ र २०२० मा विवादास्पद नागरिकता कानुनविरुद्ध भएका विरोध प्रदर्शनहरूले राष्ट्रिय सुरक्षाका लागि खतरा ठहरिने व्यक्तिका हकमा न्यायपालिकासँग कति शक्ति हुन्छ भन्ने कुरा स्पष्ट रूपमा सम्झाउँछन्।विद्यार्थी अभियानकर्मी उमर खालिदलाई आतङ्कवादविरुद्धको कानुन अन्तर्गत गिरफ्तार गरियो। त्यतिबेला हिंसात्मक झडपहरू दिल्लीमा हुँदा ५३ जना मारिएका थिए र त्यसमा धेरैजसो मुस्लिमहरू थिए। खालिदमाथि "मुख्य षड्यन्त्रकारी"को आरोप लगाइएको थियो। उनको मुद्दाको सुनुवाइसमेत सुरु भएको छैन र उनी अहिले छ वर्षभन्दा बढी समयदेखि जेलमा छन्।उनका साथी बनोज्योत्सना लाहिरीले बीबीसीसँग कुरा गर्दै आफूहरूलाई कुनै पछुतो नभएको बताइन्।"तर यो घटनाक्रमले "एक प्रकारको डर भने पैदा गरेको छ र अहिलेसम्म कायमै छ," उनले भनिन्।"हामी केवल अँध्यारो खाली ठाउँमा हेरिरहेका छौँ किनभने हामीलाई अन्तिम विन्दु कहाँ हो भन्ने थाहा छैन," लाहिरीले भने। खालिदको अन्तिम अपिल यही महिना दर्ता भयो।अय्यरका विचारमा विरोधीहरूले आज पनि आन्दोलनलाई 'वैधता नभएको देखाउने' पुरानै रणनीति अपनाइरहेका छन्। तर विगतमा जस्तो यसपटक त्यसलाई धेरैले पत्याइरहेका छैनन्।जे भए पनि गर्मीयामको प्रदर्शनको रफ्तार पुनः समाउन युवाहरूले सङ्घर्ष गरिरहेका छन्। दिल्लीमा पक्राउ परेका प्रदर्शनकारीहरू बस फोडेर भागेप्रदर्शनकारीहरूलाई घर फर्कन कक्रोच जनता पार्टीको अपील सीजेपीका प्रवक्ता सौरभ दाससहित नेताहरू पटक पटक थुनामा परेका छन् र कानुनी कारबाहीको सामना गरेका छन्। दास र अर्का नेता आशुतोष रन्काले दिल्लीको तिहार जेलमा एक साता बिताए। उनीहरूमाथि जन्तरमन्तरमा अतिक्रमण गरेको आरोप लगाइएको थियो।गर्मी याममा जीत भएका धेरै क्षेत्रहरूलाई त्यसयता प्रदर्शन गर्न निषेधित स्थानका रूपमा घोषणा गरिएको छ। उक्त निर्णयलाई चुनौती दिँदै अदालतमा मुद्दा दर्ता भएको छ।अल इन्डिया स्टुडेन्ट्स एसोसियसनसहितका अन्य प्रदर्शन गर्ने समूहहरूले पनि निर्देशनको अवज्ञा गरेको आरोपमा प्रहरीको कारबाही झेलेका छन्।"हामीले कुनै किसिमको दमन हुने ठानेका थियौँ," दासले भने। उनले गर्मी याम यता "सरकारले धेरै कुरा सिकेको" बताए।कानुनका विज्ञहरूले कानुनी प्रक्रियाले नै मानिसलाई थकित र हतोत्साहित बनाउन सक्ने भन्दै चेतावनी दिएका छन्।"धेरै मुद्दाहरूमा दोषमुक्त हुनसक्छ तर त्यसका लागि वर्षौँ लाग्न सक्छ। प्रक्रिया नै सजाय हो र त्यसले प्रदर्शनकारीलाई नै हतोत्साहित गर्न सक्छ," लोएड ल कलेजका सहप्राध्यापक अलि खानले भने।सीजेपीका सल्लाहकार संवैधानिक कानुनका जानकार वकिल वृन्दा ग्रोभरले प्रदर्शनमाथिका प्रतिबन्ध नै अत्यधिक भएको बताए।"प्रदर्शन आयोजना गर्नेहरूले बारम्बार यो हिंसात्मक नभएकोमा जोड दिएका छन्," उनले तर्क गरिन्।"कानुन र निर्देशनको नाममा अधिकारहरू सीमित गरिएका छन्।"बिजेपीले शान्तिपूर्ण प्रदर्शनहरूलाई दबाएको भन्ने दाबी अस्वीकार गरेको छ।इस्लामले बीबीसीसँग प्रदर्शनहरूमा "केही मुठ्ठीभर मानिसहरूले विरोध प्रदर्शन गर्न चाहन्छन् भन्दैमा उनीहरूले अन्य नागरिकहरूको अधिकार कुण्ठित गर्न वा हिंसाका लागि जिम्मेवार हुन पाउँदैनन्" भनेका छन्।बीबीसीले पनि हिंसा र बलात्कारको धम्की दिइएको पोस्टहरू हेरेको छ। शखीको भाइरल भएको सामाजिक सञ्जालमा आएको पोस्टलाई लक्षित गरेर दुर्व्यवहार गरिएको छ र ट्रान्सफोबिक आक्रमणको चेतावनी दिइएको छ। कहिलेकाहीँ शखीलाई पनि यसले आफूले लगाउने लुगा परिवर्तन गर्नुपर्छ कि भन्ने जस्तो वा प्रदर्शन नगरौँ कि भन्ने जस्तो लाग्छ। के भारतको आन्दोलन सीजेपी र वाङ्चुकभन्दा माथि उठिसकेको हो?भारतमा नरेन्द्र मोदीले कल्पनै नगरेको आन्दोलन "मानिसलाई हँसाउनुले पनि अन्ततः राष्ट्र विरोधी' को आरोप खेप्नुपर्ने अवस्था आउन सक्छ," शखीले भनिन्। "उनीहरूले मलाई आफू टुटेको महसुस गराउन चाहन्छन्," उनीहरूले भने।आफूहरूको केही सामाग्री लाखौँ मानिसहरूले हेरेपछि हटाइएको उनीहरूले दाबी गरे।भारतको सूचना प्रविधि कानुन अन्तर्गत सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सामाग्री ब्लक गर्न निर्देशन दिन सक्छ। एक्स र इन्स्टाग्राममा देखिएका सूचनाहरूले भारतमा केही अकाउन्टहरूमाथि रोक लगाइएको देखाएका छन्।सीजेपीका नेताहरूले अहिलेको दमनलाई सन् १९७५ को सङ्कटकालसँग दाँजेका छन्। त्यतिबेला प्रधानमन्त्री इन्दिरा गान्धीले नागरिक स्वतन्त्रता निलम्बन गरेकी थिइन् र राजनीतिक विरोधीहरूलाई जेलमा हालेकी थिइन्।तर पनि असहमतिका आवाजहरूलाई पूर्ण रूपमा दबाउन सकिएको छैन।विपक्षी नेताहरूले केही हदसम्म रिक्तता भरेका छन्।नोभेम्बर १ तारिखमा कङ्ग्रेसले नेतृत्व गरेको विपक्षी दलहरूको गठबन्धन इन्डियाले आयोजना गरेको र्यालीमा दशौँ हजार मानिसहरू दिल्लीमा भेला भएका थिए।सीजेपीका नेताहरूले आफूहरूको आन्दोलन सङ्गठनभन्दा ठूलो भएको बताएका छन्।अक्टोबर २१ तारिखमा दिल्लीको तिहाड जेलबाट बाहिरिँदै गर्दा दास मुस्कुराउँदै बाहिर निस्किएको देखिएको थियो।"म पर्खौँ र हेरौँ मात्रै भन्न सक्छु," उनले हामीसँग भनेका थिए। "समय हाम्रो पक्षमा छ। हामी एकदमै नयाँ पुस्ता हौँ।" नेपालका जेन जी अभियानकर्मीको नजरमा भारतको 'कक्रोच' आन्दोलनभारतको संसद् नजिकैबाट हजारौँ युवायुवतीले मोदी सरकारलाई दिएको चुनौती बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
गर्मीयामको जितपछि जाडोयाममा अनिश्चितता सामाना गर्दै भारतका जेनजी

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






