Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

Share:WhatsAppFacebookX (Twitter)Telegram
गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत बैंकले वित्तीय सेवा क्षेत्र (वित्तीय सेवा क्षेत्र) विधामा उक्त सम्मान प्राप्त गरेको हो। नोभेम्बर २८ तारिखमा बंगलादेशको ढाकामा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेशको आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच बैंकलाई सो सम्मान प्रदान गरिएको हो। यसअघि नै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ मा वित्तीय सेवा क्षेत्रतर्फ ‘सिल्भर अवार्ड’ जितिसकेको बैंकले यो अन्तर्राष्ट्रिय सम्मानमार्फत आफ्नो वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको जनाएको छ। हालै आफ्नो २०औं वार्षिकोत्सव मनाएको गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा, नवीनतम प्रविधिको प्रयोग र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ। बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत ISO 9001:2015 र सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत ISO/IEC 27001:2022 प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ। स्थापनाकालदेखि नै सुरक्षित, विश्वसनीय, आधुनिक तथा ग्राहक–मैत्री सेवा प्रदान गर्दै आएको बैंकले यस उपलब्धिले आफूलाई अझ जिम्मेवार बनाएको जनाएको छ। बैंकले यो सम्मानबाट भविष्यमा थप उत्कृष्ट सेवा प्रदान गर्न र संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताको मापदण्ड कायम राख्न थप हौसला मिलेको उल्लेख गरेको छ। यस अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले सम्पूर्ण ग्राहकवर्ग, सेयरधनीहरू, नियामक निकाय र कर्मचारीलगायतका सरोकारवालाहरूप्रति निरन्तर विश्वास र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका छन्। The post गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एमसीसीको म्याद थपियो, अब बोर्डको स्वीकृति पर्खाइमा
Latest NewsJust now

एमसीसीको म्याद थपियो, अब बोर्डको स्वीकृति पर्खाइमा

काठमाडौँ । अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि म्याद एक वर्ष थप गरिएको छ । केही साताअघि बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम... ...

रातोपाटी
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको माग
Latest NewsJust now

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको माग

काठमाडौँ। स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सुशासन र विकासका लागि स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्नेमा जोड दिएका छन्। स्वतन्त्र नागरिक अभियानको आयोजनामा काठमाडौँस्थित हिमालयन दरबार प्रा.लि.मा आयोजित ‘स्थानीय तहमा गैरदलीय... ...

रातोपाटी
एन्टिबायोटिकको असर : के सामान्य संक्रमण पनि ज्यानमारा बन्दै छ ?
Latest NewsJust now

एन्टिबायोटिकको असर : के सामान्य संक्रमण पनि ज्यानमारा बन्दै छ ?

जथाभाबी एन्टिबायोटिक प्रयोगले किटाणुमा औषधि प्रतिरोधी क्षमता बढ्दै जाँदा सामान्य संक्रमणको उपचारसमेत जटिल र महँगो बनिरहेको छ । अस्पतालका आईसीयूसम्म फैलिएको यो जोखिम नियन्त्रणमा सरकारी निगरानी र कार्यान्वयन भने कमजोर देखिन्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement