Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव सम्पन्न,९ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव सम्पन्न,९ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । गरिमा विकास बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गर्दै आएको विकास बैंकले यस वर्ष पनि सो कार्यलाई निरन्तरता दिएको हो । बैंकले मंसिर ७ गते देशका विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो । विकास बैंकले केन्द्रीय कार्यालय रहेको भवन काठमाडौंको बालुवाटार सहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको रक्तदान कार्यक्रमहरूबाट कुल ७१३ युनिट रगत संकलन भएको जनाएको छ । यस कार्यक्रमले रगतको आवश्यकता परेका बिरामीहरूको उपचारमा सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ । विकास बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयहरुलाई पुरस्कृत समेत गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा कार्यालयहरुका शाखा प्रमुखहरुलाई नगद पुरस्कार र टोकन अफ एप्रिशिएशनबाट सम्मानित गरेको हो । त्यसैगरी, २०औँ वार्षिकोत्सवकै अवसरमा स्वस्थ जीवनशैलीका लागि खेलकुद भन्ने मूल नाराका साथ विकास बैंकले मंसिर ५ गते गरिमा रोड रेसको तेस्रो संस्करण समेत सम्पन्न गरेको थियो । काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । स्वस्थ जीवनशैली, शारीरिक सक्रियता तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको विश्वास विकास बैंकले लिएको छ । स्थापनाको दुई दशक पूरा गरेको यस गरिमामय यात्रामा निरन्तर विश्वास, साथ, सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण सेवाग्राही, शेयरधनी, नियामक निकायहरू, सञ्चार जगत, कर्मचारी, शुभेच्छुक तथा सरोकारवाला सबैप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ । The post गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव सम्पन्न,९ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस
Latest NewsJust now

बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, संघर्ष, बलिदान र जनताको भरोसासँग जोडिएको ऐतिहासिक संस्था हो । यसको स्थापना कुनै व्यक्ति वा समूहको राजनीतिक महत्त्वाकांक्षा... ...

रातोपाटी
‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक
Latest NewsJust now

‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक

एमाले नेता स्वर्गीय देवी पोख्रेलको जीवनी र राजनीतिक तथा सामाजिक योगदानलाई समेटेर प्रकाशन गरिएको पुस्तक गरिएको छ । उनी एमाले महासचिव शंकर पोख्रेलका दाजु हुन् । ...

कान्तिपुर
जब गुञ्जियो राल्फाका गीतहरू
Latest NewsJust now

जब गुञ्जियो राल्फाका गीतहरू

सम्झना आइरहन्छ... गइरहन्छ...। जीवन हो, जीवन चलुञ्जेल जीवनका दिन–पलसँगै सम्झना जोडिएको छ । बेला–कुबेला, जतिसुकै बेला सम्झना आइरहन्छ । र, आएपछि बसिरहँदैन फेरि गइहाल्छ । सम्झनाको कुनै... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement