Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

गत आर्थिक वर्षमा फ्रिक्वेन्सी दस्तुरबापत ११ सेवा प्रदायकबाट ३ अर्ब ९२ करोड रुपैयाँ संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गत आर्थिक वर्षमा फ्रिक्वेन्सी दस्तुरबापत ११ सेवा प्रदायकबाट ३ अर्ब ९२ करोड रुपैयाँ संकलन
Photo / Coverage: टेक्नोलोजी खबर

सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा फ्रिक्वेन्सी दस्तुरबापत साना ठूला गरी विभिन्न एघार ओटा दूरसञ्चार सेवा प्रदायकहरूबाट करिब ३ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार तीमध्ये नेपाल टेलिकम र एनसेलले सबैभन्दा बढी फ्रिक्वेन्सी दस्तुर बुझाएका छन्। नेपाल टेलिकमले १ अर्ब ९४ करोड ८५ लाख ३२ हजार ४०० रुपैयाँ र एनसेल आजियाटाले १ अर्ब ९६ करोड ९५ लाख ३९ हजार रुपैयाँ सरकारलाई बुझाएका छन्। प्राधिकरणको प्रतिवेदनअनुसार फ्रिक्वेन्सी दस्तुर तथा थप दस्तुरसमेत गरी ११ वटा सेवा प्रदायक तथा संस्थाले कुल ३ अर्ब ९१ करोड ८२ लाख ८० हजार ५०० रुपैयाँ बुझाएका छन्। यस अवधिमा आईफोर टेक्नोलोजिजले ६४ हजार रुपैयाँ, कन्स्टेलेसनले १ लाख १२ हजार रुपैयाँ, मर्कन्टाइल कम्युनिकेसन्सले ४ हजार रुपैयाँ र सिटा बीभीले १ हजार रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बुझाएका छन्। त्यस्तै, बुटवल पावर कम्पनीले १ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २४ हजार रुपैयाँ, भोटेकोशी पावर कम्पनीले १ हजार रुपैयाँ, एसएसभीसी रेडियो काठमाडौंले १ हजार १०० रुपैयाँ र भेरिस्क नेपालले १ हजार रुपैयाँ बुझाएका छन्। यसैबीच सोही अवधिमा दूरसञ्चार सेवा प्रदायकहरूबाट सरकारले टेलिफोन स्वामित्व शुल्कबापत १ अर्ब २ करोड ९ लाख ५८ हजार १९६ रुपैयाँ ६५ पैसा राजस्व प्राप्त गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस शीर्षकमा १ अर्ब १७ करोड ५८ लाख ७८ हजार ४४० रुपैयाँ २४ पैसा राजस्व संकलन भएको थियो। यसअनुसार टेलिफोन स्वामित्व शुल्कबापतको राजस्व करिब १३.२ प्रतिशतले घटेको छ। तर दूरसञ्चार सेवा दस्तुरबापतको राजस्व भने बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १७ करोड ६ लाख ७० हजार २०२ रुपैयाँ ६३ पैसा संकलन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ७ अर्ब ५१ करोड ६८ लाख २४ हजार ६६ रुपैयाँ ७५ पैसा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ४.८ प्रतिशत बढी हो। आर्थिक ऐन, २०८२ को दफा १३ को उपदफा (४) अनुसार टेलिफोन स्वामित्व शुल्क र दफा १४ को उपदफा (५) अनुसार दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार प्राधिकरणले यी राजस्व शीर्षकको प्रशासन गर्दै आएको छ। The post गत आर्थिक वर्षमा फ्रिक्वेन्सी दस्तुरबापत ११ सेवा प्रदायकबाट ३ अर्ब ९२ करोड रुपैयाँ संकलन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ब्याट्री सम्बन्धलाई अझ गहिरो बनाउन शाओमीले सनवोडा ईभीबीमा लगानी गर्दै
TechnologyJust now

ब्याट्री सम्बन्धलाई अझ गहिरो बनाउन शाओमीले सनवोडा ईभीबीमा लगानी गर्दै

चिनियाँ ब्याट्री निर्माता सनवोडाले आफ्नो ईभी ब्याट्री व्यवसायमा लगानीकर्ताको रूपमा शाओमीलाई ल्याउने योजना बनाएको छ भने हङकङको आफ्नै सूचीकरण योजना खारेज गर्ने योजना बनाएको छ। पूँजी वृद्धि र बोर्ड पुनर्गठन पछि यसले सहायक कम्पनीको नियन्त्रण गुमाउनेछ। बिहीबार साँझ जारी गरिएको फाइलिङअनुसार, शाओमीले सनवोडा इलेक्ट्रिक भेहिकल ब्याट्री कम्पनी लिमिटेड (सनवोडा ईभीबी) मा ५.३४ प्रतिशत हिस्सेदारीको लागि १.७ अर्ब युआन (२५३ मिलियन अमेरिकी ...

टेक्नोलोजी खबर
आन्तरिक एआई प्रयोगको बजेट घटाउँदै एप्पल
TechnologyJust now

आन्तरिक एआई प्रयोगको बजेट घटाउँदै एप्पल

अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना कर्मचारीले आन्तरिक काममा प्रयोग गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) सेवाको दैनिक खर्च सीमा घटाउन थालेको छ। ब्लुमबर्गका अनुसार कम्पनीले विशेषगरी इन्जिनियरिङ टोलीका लागि एआई प्रयोगमा छुट्याइएको बजेट कटौती गर्न लागेको हो। रिपोर्टअनुसार एप्पलले गत अक्टोबरमा इन्जिनियरिङ टोलीका लागि एआई प्रयोगको दैनिक खर्च सीमा ३०० अमेरिकी डलरबाट घटाएर २०० डलरमा झारेको थियो। अब केही टोलीका लागि यो सीमा ...

टेक्नोलोजी खबर
१,२७१ कर्मचारी प्रभावित हुने गरी पुनर्संरचना गर्दै क्यान्भा, जागिर छाड्नेलाई ६ महिनाको तलब र म्याकबुक
TechnologyJust now

१,२७१ कर्मचारी प्रभावित हुने गरी पुनर्संरचना गर्दै क्यान्भा, जागिर छाड्नेलाई ६ महिनाको तलब र म्याकबुक

अस्ट्रेलियाली ग्राफिक डिजाइन प्लेटफर्म क्यान्भाले आफ्नो कुल जनशक्तिको २२ प्रतिशतलाई प्रभावित गर्ने गरी संगठनात्मक पुनर्संरचना गर्ने भएको छ। कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेलानी पर्किन्सले बुधबार कर्मचारीलाई पठाएको सन्देशमार्फत १ हजार २७१ जना प्रभावित हुने जानकारी दिएकी हुन्। तर, प्रभावित हुने सबै कर्मचारीले जागिर गुमाउने भने होइनन्। कम्पनीको आधिकारिक घोषणाअनुसार केही कर्मचारीको जिम्मेवारी परिवर्तन हुनेछ भने केहीलाई केन्द्रीय कार्यालयमा स्थानान्तरण ...

टेक्नोलोजी खबर
लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट
TechnologyJust now

लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट

वेब होस्टिङ सेवा प्रदायक ड्रीमहोस्टले आफ्नो प्रणालीमा महिनौँसम्म भएको साइबर आक्रमणका क्रममा ह्याकरहरूले ग्राहकका इमेल र लगइन विवरण चोरी गरेको पुष्टि गरेको छ। कम्पनीले गत बिहीबार साइबर आक्रमणबारे जानकारी सार्वजनिक गरेको थियो। उक्त घटनाका कारण कम्पनीको सेवा केही दिनसम्म अवरुद्ध भएको थियो। त्यसक्रममा ड्रीमहोस्टले केही ग्राहकको पासवर्डसमेत परिवर्तन गरेको थियो। क्यालिफोर्नियाका महान्यायाधिवक्ताको कार्यालयमा बुझाएको तथ्यांक चुहावटसम्बन्धी सूचनाअनुसार साइबर आक्रमण गत अगस्टमा सुरु ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play