काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् । देउवा समुहको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले इनम सापकोटाको बयानबाट स्पष्ट भएको भन्दै कथित विशेष महाधिवेशनमार्फत १८ करोडमा पार्टी किनेको आरोप लगाएका हुन् । उनले भने- ‘यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ? त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?’ उनले विशेष महाधिवेशनमा आफ्नो समर्थन नरहेको र आफुलाई बर्खास्त नगरी कसरी अर्को सभापति बन्न सक्छ भन्ने प्रश्न गरेका थिए । देउवाले सर्वोच्चबाट आफुहरुले नै आधिकारिकता पाउने दाबि दोहोराएका छन् । The post गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो- देउवा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






