Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

गगनलाई प्रकाशशरणको प्रश्न : अरूमाथि आरोप लाग्दा तत्काल पद छाड्नुपर्छ भन्नुहुन्थ्यो, आफूमाथि लाग्दाचाँहि के गर्नुहुन्छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगनलाई प्रकाशशरणको प्रश्न : अरूमाथि आरोप लाग्दा तत्काल पद छाड्नुपर्छ भन्नुहुन्थ्यो, आफूमाथि लाग्दाचाँहि के गर्नुहुन्छ ?
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसका इतर पक्षका नेता डाक्टर प्रकाशशरण महतले पार्टीका सभापति गगन थापामाथि कडा प्रश्न गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्छ भन्नेले आफूमाथि लाग्दा के गर्नुहुन्छ ? भन्दै कडा प्रश्न गर्नुभएको हो । कांग्रेस सभापति गगनमाथि पार्टीको आधिकारिकता सम्बन्धी विवादमा बिचौलियासँग १८ करोडको चलखेल गरेको आरोप लागेको छ। उहाँले विगतमा पार्टीका नेताहरूमाथि राज्यसत्ताको प्रयोग गरेर प्रमाणबिनै आरोप लगाइएको अवस्थामा समेत चर्को विरोध गरेको स्मरण गराउनु भयो । ‘अरूलाई पर्दाखेरि त यिनीहरू सबै खत्तम हुन्, हामी मात्रै पवित्र र ठीक छौँ, अरूलाई सरकारले हटाउनुपर्छ भन्ने साथीहरू आज आफूमाथि त्यस्तै आरोप लागेपछि कसरी हाम्रो विरुद्ध यस्तो भयो भन्दै हुनुहुन्छ,’ महतले भन्नुभयो । कांग्रेसलाई व्यक्तिवादी नभई सिद्धान्तनिष्ठ, विधिसम्मत र संस्थागत संस्कारअनुसार चल्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष महाधिवेशन पक्षधरले पार्टीमा विचार, विधान र संस्कारलाई प्राथमिकता नदिएको आरोप लगाउनु भयो। कांग्रेसमा विगतदेखि नै प्रतिस्पर्धा, बहस र फरक मतलाई स्वीकार गर्दै सबैको भावना र दृष्टिकोण समेटेर निष्कर्षमा पुग्ने परम्परा रहेको बताउँदै अहिले भने पार्टीमा संस्कार, विचार र विधानको पालना कमजोर हुँदै गएको आरोप पनि लगाउनु भयो । ‘न संस्कार छ, न विचार छ, न विधान छ। यस्तो कुरालाई हामीले स्वीकार गर्ने हो भने अनि हामी कांग्रेस हुन्छौं ?’ महतले भन्नुभयो । उहाँले रूख चुनाव चिह्न मात्र नभई नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद र राजनीतिक विचारधाराको प्रतीक भएको बताउनु भयो। पार्टीको आधिकारिकतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णय आउन बाँकी रहेको अवस्थामा चुनाव चिह्न र आधिकारिकताबारे अनिश्चितता सिर्जना गरिएको पनि उहाँले बताउनु भयो । आधिकारिकता कसले पाउने भन्ने अन्योलका कारण पार्टीभित्र डर र त्रासको वातावरण बनेको महतले बताउनु भयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा शिक्षा संकट : सुगम भूगोलमा दुर्गमको भन्दा धेरै दुःख
OthersJust now

मधेशमा शिक्षा संकट : सुगम भूगोलमा दुर्गमको भन्दा धेरै दुःख

मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत मात्र छ । यो नेपालको राष्ट्रिय औसत ७६.२ प्रतिशतभन्दा १२.७ प्रतिशत बिन्दुले कम हो । अझ चिन्ताजनक पक्ष त महिलाको साक्षरता दर ५४.७ प्रतिशत मात्र हुनु हो । प्रदेशमा पुरुष र महिलाको साक्षरता दरबीच १७.८ प्रतिशत विन्दुको अन्तर छ । यसले मधेशमा शिक्षा र लैङ्गिक समानताको क्षेत्रमा अझै ठूलो काम गर्न बाँकी रहेको स्पष्ट ...

अनलाइन खबर
भोटेकोशी बाढी : यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
OthersJust now

भोटेकोशी बाढी : यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, ...

पर्दाफास
सयपत्री बजारमा पुर्‍याउन भ्याइनभ्याइ (तस्वीरहरू)
OthersJust now

सयपत्री बजारमा पुर्‍याउन भ्याइनभ्याइ (तस्वीरहरू)

२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको भिड देखिन्छ । त्यस्तै, काठमाडौं वरपरका बस्तीहरूमा फूल टिप्ने र माला गाँस्नेहरू यथेष्ट भेटिन्छन् । काठमाडौंको नागर्जुनका किसानहरू यतिबेला… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play