Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

खोटाङका जिसस प्रमुखसहित जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधि पदमुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
खोटाङका जिसस प्रमुखसहित जसपा नेपाल त्यागेका १८ जनप्रतिनिधि पदमुक्त
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले दल त्याग गरेको जानकारी आयोगलाई गराएको थियो । आयोगका अनुसार पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भन्दै केन्द्रीय समन्वय समितिको निर्णयसहित जानकारी गराइएका जनप्रतिनिधिको पद रिक्त भएको हो । आयोगले २०८३ असोज २ मा निर्णय गर्दै सम्बन्धित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । पद रिक्त हुनेमा सिरहाका तीन, पर्साका दुई, खोटाङका आठ, भोजपुरका एक, उदयपुरका एक, इलामका दुई र सुनसरीका एक जना छन् । सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचरित्र महतो, सखुवानान्कारकट्टी गाउँपालिका–५ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ । त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ । खोटाङमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सात जनप्रतिनिधिको पद रिक्त भएको छ । उक्त नगरपालिकाबाट वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नालको पद रिक्त भएको आयोगको सूचनामा उल्लेख छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष दाहालबहादुर गुरुङको पद पनि रिक्त भएको छ ।त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोड्गियाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाँजासहित कार बरामद, चालक फरार
Latest NewsJust now

गाँजासहित कार बरामद, चालक फरार

मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले ...

केन्द्रबिन्दु
पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ
Latest NewsJust now

पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ

पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी स्टेफानो छिन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर... ...

रातोपाटी
दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै
Latest NewsJust now

दक्षिण अस्ट्रेलियामा नेपाल महोत्सवको तयारी पूरा, पहिलोपटक राज्यका प्रिमियर सहभागी हुँदै

कार्यक्रममा नेपालको कलासंस्कृति झल्काउन सोही दिन बिहान नेपाल परेडको आयोजना गरिएको छ । उक्त परेडमा नेपाली पोसाक लगाएका विभिन्न जातजाति तथा भेषभूषामा सजिएका नेपालीले परम्परागत झाँकी तथा नृत्यसहित नेपाली र अस्ट्रेलियाली झण्डा फहराउँदै परिक्रमा गर्नेछन् । ...

कान्तिपुर
मधेशमा सामाचकेवाको रौनक
Latest NewsJust now

मधेशमा सामाचकेवाको रौनक

धर्बेन्द्र झा जनकपुरधाम, मङ्सिर ३ गते । तराईमधेशका विभिन्न गाउँबस्तीमा अहिले सामाचकेवा पर्वको रौनक छाएको छ । छठपर्व खर्नाको दिनदेखि सुरु भएको सामाचकेवा पर्वमा महिलाहरू प्रत्येक दिन... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play