Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो । आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए । क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए । कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे । ‘महाधिवेशन स्थलको रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा बर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ । दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो । त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,’ उनले भने । उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ । कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन् । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन् । प्रधानमन्त्रीले महाधिवेशनपछि सामाजिक सञ्जालमा टुँडिखेलको क्षतिलाई लिएर टिप्पणी गरेको प्रसङ्गमा सहमहामन्त्री गौतमले त्यसलाई आफ्नो अभियानको कारण नभएको स्पष्ट पारिन् । ‘प्रधानमन्त्रीले के भन्नुभयो भन्नेभन्दा पनि यो स्थानलाई जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भन्ने ठानेर हामी आएका हौँ,’ उनले भनिन् । कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतका कारण दुबोलगायतका संरचनामा क्षति पुगेको बताए । महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले बिग्रिएको क्षेत्र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उनले उल्लेख गरे । पुनःस्थापनापछि पनि नियमित सिँचाइ तथा संरक्षणको व्यवस्था गरिने उनको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले महाधिवेशनका क्रममा प्रयोग गरिएको सार्वजनिक स्थलमा पुगेको क्षति सुधार गर्नु पार्टीको कर्तव्य भएको बताए । बिग्रिएको दुबोलाई प्राकृतिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यले चितवनबाट दुबो मगाएर पुनःरोपणको काम अघि बढाइएको उनले जानकारी दिए । केन्द्रीय सदस्य सीता मिजारले महाधिवेशनका क्रममा भएको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टीले काम गरिरहेको बताइन् । ‘यो राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसले आफैँ दुबो रोप्ने कार्यक्रम गरेको हो । जति क्षति भएको छ, त्यसको परिपूर्ति गर्छौँ भनेर हामीले त्यतिबेलै प्रतिबद्धता जनाएका थियौँ,’ उनले भनिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो
OthersJust now

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

२९ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ । तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार २ लाख ७१… ...

अनलाइन खबर
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट
OthersJust now

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा खाना तथा पेय पदार्थ खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको हो । समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारीमा उपलब्ध खाना तथा पेय पदार्थमा ७ […] ...

लोकपथ
अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य
OthersJust now

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । ...

अनलाइन खबर
चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य
OthersJust now

चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play