Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ
Photo / Coverage: पर्दाफास

खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ र सोही ठाउँका २२ वर्षीय राजु लामा छन् । त्यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आज करिब ४ बजे बजारमा चेकजाँच गर्ने क्रममा ५६७ केजी बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको जनाएको छ । प्रहरीका अनुसार बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा मासु लोड भइरहेको थियो । पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट
OthersJust now

जनकपुरधाम–अयोध्या रेल सेवा व्यावसायिक रूपमा सञ्चालन, पहिलो दिन ४०० यात्रुले काटे टिकट

धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस रेल सेवा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । उद्घाटन भएको एक सातापछि रेल सेवा व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार अयोध्याबाट आज बिहान जनकपुरधाम आइपुगेको रेलमा जनकपुरधामबाट अयोध्यासम्म यात्रा गर्न ४०० जनाले ...

पर्दाफास
शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत
OthersJust now

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोटसम्बन्धी लिखित परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट आज २० थान मोबाइल फोन जफत गरिएको छ । परीक्षा हलमा मोबाइल फोन लैजान नपाउने पूर्वसूचनालाई बेवास्ता गरी २० जना परीक्षार्थीले लुकाइछिपाइ लगेको मोबाइल फोन जफत गरिएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । शिक्षा विकास तथा समन्वय ...

पर्दाफास
टुट्यो बेलायतको सेटलमेन्ट सपना, हज्जारौं नेपाली विद्यार्थी र कामदार चिन्तित
OthersJust now

टुट्यो बेलायतको सेटलमेन्ट सपना, हज्जारौं नेपाली विद्यार्थी र कामदार चिन्तित

एकपछि अर्को अध्यागमन नियम कडाइले चारैतिर सम्भावनाका ढोका बन्द हुनलाग्दा आप्रवासीहरू चिन्तित छन् । यो चिन्ता उज्वल भविष्य खोजिरहेका हजारौं नेपाली विद्यार्थी र कामदारलाई समेत परेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement