काठमाडौंं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले ११.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४८ रन बनाएको छ। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले मात्र ८ रन जोड्दा आफ्ना सुरुवाती ४ विकेट गुमाएर निकै खराब सुरुवात गरेको थियो। स्कट कुगेलेइन ६ रन, विनोद भण्डारी १ रन, ब्रान्डन म्याकमुलन र इशान पाण्डे शून्यमै आउट भएपछि दबाबमा परेको टोलीको इनिङ्सलाई कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरिरहेका छन्। यद्यपि, काठमाडौंका बलरहरूको कसिलो बलिङका कारण उनीहरूले खुलेर रन जोड्न सकेका छैनन्। हाल क्रिजमा दीपेन्द्र सिंह ऐरी ३० बलमा २ चौकासहित २१ रन र आरिफ शेख २३ बलमा १ चौकासहित १५ रन बनाएर अविजित खेलिरहेका छन्। काठमाडौंका लागि बलिङमा जाहांदद खान र सन्तोष यादवले समान २-२ विकेट लिएका छन् भने करण केसी, गणेश गौतम र दुशन हेमन्थाले पनि किफायती बलिङ गर्दै सुदूरपश्चिमका ब्याट्सम्यानलाई बाँधेर राखेका छन्।
खराब सुरुवातीपछि सुदूरपश्चिमको इनिङ्स सम्हाल्दै दीपेन्द्र

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






