Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाको क्यालिफोर्निया राज्यका मतदाताले अर्बपतिहरूमाथि एकपटक लगाउने प्रस्तावित करसम्बन्धी प्रस्ताव नम्बर ४० अस्वीकार गरेका छन्। एसोसिएटेड प्रेस (एपी) ले सोमबार दिएको समाचारअनुसार, महँगो चुनावी अभियानपछि उक्त प्रस्ताव पारित हुन सकेन। यस अभियानमा श्रमिक युनियनहरू र प्रविधि क्षेत्रका केही धनी व्यक्तिहरू आमनेसामने भएका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले पनि उक्त प्रस्तावको विरोध गरेका थिए। अमेरिकाको मुख्य भूभागभित्र सिलिकन भ्यालीबाट सबैभन्दा टाढा पुग्न सकिने ठाउँमध्ये एकमा बस्छन् निक कार्टर। तर, अर्बपतिहरूमाथि कर लगाउने क्यालिफोर्नियाको प्रस्तावप्रति उनको धारणा भने निकै कडा थियो। फ्लोरिडाका बासिन्दा कार्टर क्रिप्टोकरेन्सीमा केन्द्रित भेन्चर क्यापिटल कम्पनी क्यासल आइल्यान्ड भेन्चर्सका जनरल पार्टनर हुन्। मतदान हुनुअघि उनले टेकक्रन्चसँग कुरा गर्दै क्यालिफोर्नियाको प्रस्ताव पारित भए आफ्नै राज्य फ्लोरिडाजस्ता वित्तीय रूपमा बढी रूढिवादी राज्यहरूका लागि ठूलो फाइदा हुने बताएका थिए। गत साता उनले भनेका थिए, “मलाई लाग्छ, यस प्रकारका कर पारित भए फ्लोरिडा र टेक्सासका लागि राम्रो हुनेछ। वास्तवमा क्यालिफोर्नियाले पुँजी निर्माणमा यस प्रकारको लगभग एकाधिकार कायम राखेको छ र स्थानीय सरकारको अत्यन्तै कमजोर व्यवस्थापनका कारण त्यसको सदुपयोग हुन नसक्नु दुःखद कुरा हो।” क्यालिफोर्नियाको ‘अर्बपतिकर’ भनेर चिनिने प्रस्ताव नम्बर ४० मा १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका राज्यका बासिन्दामाथि एकपटकका लागि ५ प्रतिशत सम्पत्ति कर लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो। यो कर जनवरी १, २०२६ मा क्यालिफोर्नियामा बसोबास गरिरहेका व्यक्तिहरूमा समेत पूर्वप्रभावी रूपमा लागू हुने थियो। यसबाट उठेको रकम विभिन्न सार्वजनिक कार्यक्रम सञ्चालनमा खर्च गरिने प्रस्ताव थियो। विशेषगरी न्यून आय भएका योग्य बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको मेडिकेड कार्यक्रम ‘मेडी-क्याल’ मा यसको रकम खर्च गर्ने योजना थियो। टेकक्रञ्चका अनुसार प्रस्तावका समर्थकहरू, मुख्यतः श्रमिक युनियनहरूले, यसले राज्यका निकै थोरै बासिन्दालाई मात्र प्रभावित पार्ने बताएका थिए। क्यालिफोर्नियामा २०० भन्दा केही बढी अर्बपति छन्, जसको कुल सम्पत्ति करिब २ ट्रिलियन डलर रहेको छ। उनीहरूका अनुसार, सीमित व्यक्तिमाथि कर लगाएर राज्यले ठूलो राजस्व संकलन गर्न सक्ने थियो। प्रस्तावका समर्थकहरूले पाँच वर्षमा यसबाट १०० अर्ब डलरसम्म राजस्व उठ्न सक्ने अनुमान गरेका थिए। उक्त रकम सार्वजनिक स्वास्थ्य सेवा र शिक्षामा खर्च गर्न सकिने उनीहरूको भनाइ थियो। तर, विरोधीहरूले यसले क्यालिफोर्नियाका धनी बासिन्दालाई राज्य छाड्न बाध्य पार्ने र अन्ततः आर्थिक वृद्धिलाई निरुत्साहित गर्ने तर्क गरेका थिए। राज्यका धनी व्यक्तिहरू स्थायी रूपमा बाहिरिएमा नियमित रूपमा प्राप्त हुने राजस्वको स्रोतसमेत गुम्ने उनीहरूको भनाइ थियो। मतदान हुनुअघि व्यवसाय क्षेत्रका नेताहरूबीच अनलाइनमा भएको छलफलमा पनि पुँजी पलायनको यही तर्क प्रमुख बनेको थियो। मतदानअघि सार्वजनिक गरिएको एउटा महत्त्वपूर्ण तर विवादित विश्लेषणले यो प्रस्तावले समयक्रममा राज्यलाई आम्दानीभन्दा बढी आर्थिक नोक्सानी गराउन सक्ने दाबी गरेको थियो। यही तर्कमा सहमत कार्टरले प्रस्तावित करलाई कम्पनीका संस्थापकहरूको टाउकोमाथि झुन्डिएको ‘डामोक्लिसको तरबार’ को संज्ञा दिएका थिए। उनका अनुसार, खतरा यो विशेष सम्पत्ति करबाट मात्र नभई भविष्यमा लाग्न सक्ने अन्य करबाट पनि थियो। उनले भनेका थिए, “यसले उद्यमीहरूलाई उनीहरूलाई लुट्न सकिने स्रोतका रूपमा हेरिएको छ भन्ने सन्देश दिन्छ।” सान फ्रान्सिस्कोमा प्रविधि स्टार्टअप कम्पनीहरूसँग नियमित रूपमा काम गर्ने कार्टरले यस्तो करले भेन्चर क्यापिटल लगानीलाई निरुत्साहित गर्ने दाबी गरेका थिए। उनका अनुसार, संस्थापकले आफ्ना सेयरको ठूलो हिस्सा बेच्नुपर्ने अवस्था आउने थाहा भएमा लगानीकर्ताहरूले त्यस्तो कम्पनीमा लगानी गर्न नचाहन सक्छन्। यसको कारण के हो भने धेरै अर्बपतिहरूको अधिकांश सम्पत्ति उनीहरूले स्थापना गरेका कम्पनीको सेयरमा बाँधिएको हुन्छ। यस्तो अवस्थामा नयाँ अर्बपतिले कर तिर्नकै लागि आफ्नो सम्पत्तिको निश्चित हिस्सा नगदमा बदल्नुपर्ने हुन्छ, जुन उनीहरूका लागि असहज हुन सक्ने कार्टरको तर्क थियो। The post क्यालिफोर्नियामा प्रस्तावित ‘अर्बपतिमाथिको कर’ पारित हुन सकेन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि
TechnologyJust now

फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ। आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ। गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० ...

टेक्नोलोजी खबर
ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने
TechnologyJust now

ओपनएआईको सुरक्षा कमजोरीपछि अस्ट्रेलियाले एआईसम्बन्धी घटना अनिवार्य जानकारी गराउनुपर्ने व्यवस्था गर्ने

अस्ट्रेलियाले कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनीहरूलाई सुरक्षा उल्लंघनका घटनाबारे अनिवार्य रूपमा जानकारी गराउनुपर्ने व्यवस्था गर्ने भएको छ। साथै, गम्भीर दुराचारका घटनालाई सम्बोधन गर्न फौजदारी कानुनमा परिवर्तन गर्ने विषयमा पनि विचार गरिने प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार बताएका छन्। ओपनएआईको एउटा एआई एजेन्टले सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएपछि सरकारले यस्तो निर्णय गरेको हो। अस्ट्रेलियाको सार्वभौमिक स्वास्थ्य बिमा कार्यक्रम मेडिकेयरको चिकित्सा तथ्यांक पोर्टलमा ओपनएआईको एजेन्टले अनधिकृत ...

टेक्नोलोजी खबर
एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक
TechnologyJust now

एपको सुरक्षा कमजोरीका कारण होटल क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक

होटल तथा रिसोर्ट क्षेत्रको ठूलो कम्पनी वाइन्डह्यामले साइबर सुरक्षा घटना भएको स्वीकार गरेको छ। एक सुरक्षा अनुसन्धानकर्ताले कम्पनीको एपमा रहेको कमजोरी पत्ता लगाएपछि ग्राहकहरूको व्यक्तिगत विवरणमा जोकोहीले पहुँच पाउन सक्ने अवस्था रहेको खुलेको हो। ‘ह्वाट सेक्युरिटी’ का सुरक्षा अनुसन्धानकर्ता रोबर्ट विगिन्सले टेकक्रन्चलाई विशेष जानकारी दिँदै वाइन्डह्यामको एन्ड्रोइड एपको स्रोत कोडभित्र एउटा पासवर्ड फेला पारेको बताए। उक्त पासवर्ड प्रयोग गरेर प्रविधि कम्पनी ...

टेक्नोलोजी खबर
एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
Technology2h ago

एआई प्रयोग गरी नक्कली सीईओ र वकिल बनेर १३ करोड डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

कृत्रिम बुद्धिमताको प्रयोग गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र वकिलको नक्कली पहिचान बनाएर करिब १२ करोड ९० लाख अमेरिकी डलर ठगी गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी र गम्भीर पहिचान चोरीको अभियोग लगाइएको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन्। अमेरिकाको न्युयोर्कस्थित जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार १८ महिनाभन्दा बढी समयसम्म ४१ वर्षीय ज्याकोब सोअल, ५४ वर्षीया सारोन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play