Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

को हुन् एनभिडिया सीईओलाई ‘मायाजाल’मा फसाउने अलिस हुवाङ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
को हुन् एनभिडिया सीईओलाई ‘मायाजाल’मा फसाउने अलिस हुवाङ  ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान् सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुवाङ र चिनियाँ नागरिक अलिस हुवाङबीचको कथित व्यक्तिगत सम्बन्धले प्रविधि जगत्मा चर्चा पाएको छ। यस प्रकरणमा अलिसमाथि चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको र जेन्सनसँगको निकटतालाई प्रयोग गरी अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना सङ्कलन गरेको आरोपसमेत लगाइएको छ। ६३ वर्षीय जेन्सनले आफ्नी पत्नी लोरी हुवाङसँगको ४० वर्ष लामो वैवाहिक सम्बन्धका क्रममा आफूबाट बेइमानी भएको स्वीकार गर्दै कम्पनीका कर्मचारीलाई पत्र लेखेर माफी मागेको विवरण सार्वजनिक भएको छ। यद्यपि, अलिसमाथि लगाइएका जासुसीसम्बन्धी आरोप र त्यसको आधिकारिक पुष्टि भएको विषय भने स्पष्ट छैन। करिब ४२ वर्षीया अलिस हुवाङ र एनभिडिया प्रमुख जेन्सन हुवाङको थर एउटै भए पनि उनीहरूबीच कुनै पारिवारिक सम्बन्ध नरहेको बताइएको छ। अलिसको व्यावसायिक यात्रा भने प्रविधि क्षेत्रबाट नभई पत्रकारिताबाट सुरु भएको थियो। उनको लिंक्डइन प्रोफाइल तथा चिनियाँ फन्डसम्बन्धी डेटाबेस सिमुवाङमा उपलब्ध विवरणअनुसार उनले चीनको सरकारी टेलिभिजन चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) र मध्य चीनको क्षेत्रीय प्रसारण संस्था हुनान टीभीमा समाचार पत्रकारका रूपमा काम गरेकी थिइन्। उनले हङकङ बाप्टिस्ट युनिभर्सिटीको स्कुल अफ कम्युनिकेसनबाट मिडिया म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन्। करिब चार वर्ष टेलिभिजन पत्रकारितामा बिताएपछि उनी बैंकिङ तथा वित्तीय क्षेत्रमा प्रवेश गरिन्। हङकङस्थित एचएसबीसी प्राइभेट बैंक र चीनको सरकारी लगानी बैंक सीआईटीआईसी सेक्युरिटीजमा फाइनान्स एक्जिक्युटिभ तथा प्राइभेट बैंकरका रूपमा काम गरेकी उनी पछि साङ्घाईस्थित साङ्घाई हेक्सी इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनीमा डेपुटी जनरल म्यानेजर, कार्यकारी निर्देशक र साझेदार बनेकी थिइन्। अलिसका ५१ वर्षीय पति काङ वेई साङ्घाईका चर्चित फन्ड म्यानेजर तथा प्राइभेट इक्विटी लगानीकर्ता हुन्। सन् २०१० को दशकमा अनलाइन भिडियो गेम कम्पनीहरूमा लगानी गर्ने क्रममा काङको जेन्सनसँग व्यावसायिक सम्बन्ध बनेको बताइएको छ। काङलाई चिनियाँ धितोपत्र नियामक निकाय सीएसआरसीले इनसाइडर ट्रेडिङ तथा गैरकानुनी सेयर कारोबार गरेको आरोपमा २६ लाख अमेरिकी डलरभन्दा बढी जरिबाना गराएको विवरणसमेत सार्वजनिक भएको छ। त्यसबेला एनभिडियाका चिप्सको प्रमुख बजार गेमिङ क्षेत्र थियो। यही पुरानो व्यावसायिक सम्बन्धलाई आधार बनाएर काङ र अलिसले चीन तथा सिङ्गापुरमा व्यवसाय विस्तार र लगानीकर्ताबाट अर्बौं डलर जुटाउन खोजेको खुलासा भएको बताइएको छ। अलिस र जेन्सनबीचको सम्बन्ध व्यावसायिक भेटघाटमा मात्र सीमित नरहेको दाबी गरिएको छ। द न्युयोर्क टाइम्सका अनुसार पछिल्ला तीनदेखि चार वर्षको अवधिमा उनीहरूबीच साङ्घाई, क्यालिफोर्नियाको सिलिकन भ्याली, सान होजेका गल्फ रिसोर्ट तथा ताइवानमा पटकपटक भेटघाट भएको थियो। सन् २०२४ जुनमा ताइवानमा आयोजित कम्प्युटेक्स प्रविधि प्रदर्शनीपछि उनीहरू ताइपेईस्थित एक बारमा सँगै देखिएको तस्बिरसमेत सार्वजनिक भएको थियो। उक्त अवसरमा अलिसले नेटथन्डरका सीईओ पार्कर स्मिटलगायतका प्रविधि क्षेत्रका अधिकारीहरूसँग समय बिताइरहेकी थिइन्। त्यस क्रममा उनले जेन्सनलाई त्यहाँ बोलाउन सक्ने भन्दै उपस्थित व्यक्तिहरूसँग बाजी राखेको बताइएको छ। त्यसको केही मिनेटमै जेन्सन एनभिडियाका दुई अधिकारीसहित बारमा पुगेका थिए। उनले ह्विस्की पिउँदै अलिससँग समय बिताएको र उक्त भेटको तस्बिर नेटथन्डरले पछि लिंक्डइनमा सार्वजनिक गरेको थियो। उनीहरूको चिनजान भने सन् २०२४ बाट मात्रै सुरु भएको होइन। अलिसका पति काङ वेईमार्फत करिब एक दशकअघि नै जेन्सनसँग परिचय भएको बताइएको छ। त्यस्तै, सन् २०२५ मेमा ताइपेईस्थित सान लिउ शी फु रेस्टुरेन्टमा रात्रिभोजपछि बाहिरिने क्रममा अलिसले जेन्सनको काँधमा हात राखेको र गालामा चुम्बन गरेको दृश्य ताइवानी सञ्चारमाध्यमले प्रसारण गरेका थिए। त्यसपछि दुवै जना एउटै गाडीमा गएको विवरणसमेत सार्वजनिक भएको थियो। अलिसले चिनियाँ सामाजिक सञ्जाल विच्याटमा जेन्सनसँग रक्सीका गिलास समातेर खिचिएका तस्बिर तथा गल्फ खेल्दाका तस्बिरहरू सार्वजनिक गर्ने गरेकी थिइन्। उनले जेन्सनले प्रत्येक वर्ष आफ्नो जन्मदिनमा रात्रिभोज दिने र उपहार पठाउने गरेको भन्दै उनीसँगको निकटता प्रदर्शन गर्ने गरेको विवरण पनि सार्वजनिक भएको छ। यस प्रकरणले व्यक्तिगत सम्बन्धको विवादसँगै विश्वकै महत्त्वपूर्ण एआई चिप प्रविधि, अमेरिकी राष्ट्रिय सुरक्षा र चीनसँगको प्रविधि प्रतिस्पर्धासम्बन्धी प्रश्नसमेत उठाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी
Latest NewsJust now

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी

अन्ताल्या । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् । जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता

टर्की – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबिच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको […] ...

काठमाण्डुपाटी
बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका
Latest NewsJust now

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका

काठमाडौँ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक अर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल ...

नेपालन्युज
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा
Latest NewsJust now

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play