काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किए प्रस्थान गरेका छन् । सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख एजेन्डाबारे विभिन्न उच्चस्तरीय सत्रमा नेपालको प्रतिनिधित्व गर्दै पैरवी गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । टर्किएको आन्ताल्यामा ९ देखि २० नोभेम्बरसम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसकेका छन् । अर्थमन्त्री वाग्ले २९ कात्तिक आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्किए प्रस्थान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






