Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
Photo / Coverage: नेपालन्युज

काठमाडौं।टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे। त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औं (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे। विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै कोप–३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा. वाग्लेसँग पाँच जना प्रभावशाली जलवायु दूतहरूको छलफल भएको छ। उनीसँग बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्टसँग छलफल भएको सचिवालयले जनाएको छ। हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गरेका छन् भने जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधन गरेका थिए। जलवायु र अर्थशास्त्रमा ख्याति कमाएका प्रा योहान रक्स्त्रम र प्रा निकलस स्टर्नसँग समेत अर्थमन्त्रीले भेटघाट गरे। उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए भने सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्रीलगायत विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएको उनको सचिवालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलले गौरीघाट पुगेर दिए अस्ताउँदो सूर्यलाई अर्घ्य
Latest NewsJust now

राष्ट्रपति पौडेलले गौरीघाट पुगेर दिए अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा आज काठमाडौंको गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठ पर्वका अवसरमा गौरीघाट पुगेका राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् । तराई–मधेससहित देशका विभिन्न स्थानमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । ...

केन्द्रबिन्दु
संविधान र कानूनभित्र रहेर मात्रै विकास र सुशासन सम्भव छ : सभामुख अर्याल
Latest NewsJust now

संविधान र कानूनभित्र रहेर मात्रै विकास र सुशासन सम्भव छ : सभामुख अर्याल

बारा । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने बताएका छन्। आइतबार सिमरामा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख अर्यालले... ...

रातोपाटी
माघ १ देखि प्रदर्शनमा आउने भयो अर्पण थापाको ‘फ्रेन्च किस’
Latest NewsJust now

माघ १ देखि प्रदर्शनमा आउने भयो अर्पण थापाको ‘फ्रेन्च किस’

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो । ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर यो सिनेमा प्रदर्शनमा आउन लागेको हो । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play