Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा ठूला नेताको अनुपस्थिति

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा ठूला नेताको अनुपस्थिति
Photo / Coverage: नेपालन्युज

टर्की।जलवायु संकट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन्। यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ। बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौं नेताले सम्बोधन गर्नेछन्। तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने भएका छन्। फ्रान्स, जर्मनी, इटाली, क्यानाडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ। चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनेछन् । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ। सम्मेलनमा ऊर्जा खपतको विद्युतीकरण बढाउने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने युरोपेली संघ (इयु) को जोडबीच बहस हुने अपेक्षा गरिएको छ। सन् २०२३ मा जीवाश्म इन्धनबाट टाढिने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन्। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म
Latest NewsJust now

सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म

चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना सीईओ जेन्सेन हुआङ र जासुस भनिएकी चिनियाँ महिला एलिस हुआङबिचको सम्बन्धका विषयमा अनुसन्धान गर्न अमेरिकाका सबैभन्दा ठुला ल फर्ममध्ये एकलाई जिम्मेवारी दिएको छ।  एनभिडियाले मंगलबार जनाएअनुसार कम्पनीले अनुसन्धानका लागि न्युयोर्कस्थित 'वाक्टेल, लिप्टन, रोजेन एन्ड काट्ज' नामको ल फर्म... ...

नेपालखबर
३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष
Latest NewsJust now

३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष

काठमाडौँ । ७६ वर्षपछि ऐतिहासिक ‘माधवानर लीला’ नाट्यकथा यस वर्ष प्रदर्शन हुने भएको छ । ललितपुरस्थित पाटन दरबारको पश्चिमतर्फ रहेको कात्तिक डबलीमा नाट्यकथा प्रदर्शन हुने भएको हो । सुप्रसिद्ध ‘कात्तिक नाच’... ...

रातोपाटी
ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर
Latest NewsJust now

ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर

अस्मिता सिंखडागोरखा, कात्तिक २५ गते । गोरखाको सिरानचोक गाउँपालिका –२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्र... ...

गोरखापत्र
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते
Latest NewsJust now

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play