Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्टाल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा नेपालले जलवायु न्याय, पर्वतीय सवाल, हानि तथा नोक्सानी र जलवायु वित्तलाई प्रमुखताका साथ उठाउने बताएकी छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनमा नेपालको जलवायु संकट र राष्ट्रिय प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने जानकारी दिइन् । सम्मेलनको पहिलो साता परराष्ट्रमन्त्री शिशिर खनाल र दोस्रो साता मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ । नेपाल र भुटानले संयुक्त रूपमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसँग सम्बन्धित पर्वतीय मुद्दा अघि बढाउने भएका छन् । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको मानवीय, आर्थिक तथा गैरआर्थिक क्षतिका विषय पनि सम्मेलनमा उठाइने मन्त्री चौधरीले बताइन् । नेपालले आफ्नै राष्ट्रिय प्याभिलियन स्थापना गरी ४० भन्दा बढी छलफल तथा कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । नोभेम्बर १२ मा ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानसँगको सहकार्यमा पर्वतीय मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम पनि आयोजना हुनेछ । त्यस्तै, नेपाल र कोरिया सरकारबीच कार्बन व्यापारसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्री चौधरीले जानकारी दिइन् । उनले कोप–३१ लाई जलवायु न्यायको माग सशक्त बनाउने र पर्वतीय राष्ट्रका साझा सवाल अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा उपयोग गरिने बताइन् । The post कोप–३१ मा जलवायु न्याय र पर्वतीय मुद्दा उठाउने नेपालको तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू
Latest NewsJust now

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ। ...

कान्तिपुर
नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून
Latest NewsJust now

नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून

• चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिगमा जीत हासिल गर्यो। • पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको छ, जबकि चितवनले १५१ रन बनाएको थियो। • पोखराको लगातार चौथो हारपछि प्लेअफमा पुग्ने सम्भावना न्यून भएको छ। ...

नेपालबहस
स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू
Latest NewsJust now

स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ । संघ सरकारले लामो पुल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play